Siraha Times
ताजा समाचार

समुदाय-प्रहरी साझेदारी अन्तर्गत हस्पिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

  • साउन ३२, २०७६
  • ६२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, ३२ साउन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल नेशनल हस्पिटल कलंकीमा ‘हस्पिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल’ कार्यक्रम शनिबार सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वर तथा नेपाल नेशनल हस्पिटल कलंकीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक सञ्जालको प्रयोगबाट समाजमा भएका घट्नाको चर्चा गर्दै समाजमा हुनसक्ने अप्रिय घटना नियन्त्रण तथा विकृति, विसंगतिलाई निरुत्साहित गर्न सरोकारवाला निकायबीच सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । अस्पताल क्षेत्रमा हुने सुरक्षासँग सम्बन्धित घटनाहरु न्यूनीकरण गर्न सरोकारवाला निकाय एवम् सबै संघसंस्था अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागी विभिन्न अस्पतालका प्रमुख तथा पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरू, स्थानिय जनप्रतिनिधिहरु, होटल व्यवसायी संघका पदाधिकारीहरू, विभिन्न संघसस्थाका प्रतिनिधिहरूले हस्पिटल सुरक्षासँग सम्बन्धित समस्या तथा समाधानका उपायहरु एवं आगामी कार्ययोजनाबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

नेपाल नेशनल हस्पिटलका अध्यक्ष रामचन्द्र शर्माले धन्यवाद गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले कार्यक्रम सम्बन्धि जानकारी तथा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न अस्पतालका पदाधिकारी तथा प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, संचारकर्मीहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१