Siraha Times
ताजा समाचार

एउटै देशमा दुइटा कानुन किन

  • साउन ३२, २०७६
  • १९८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सरोज राय साउन ३२। मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ।

अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, रोड मात्र जाम गरेका थिए, कुनै ढुंगामुढा भएको थिएन, प्रहरी घाइते हुने कुरै भएन तापनि प्रहरीले आत्मरक्षाको नाउमा गोली चलायो र एकजनाको मृत्यु भयो। धन्यवाद दिन्छु चितवन प्रहरीलाई, प्रहरी चौकी माथी ढुंगामुढा भयो, रॉड प्रहारले पांचजना प्रहरी घाइते पनि भए तर प्रहरीले धैर्यता देखाए, कुनै मानविय क्षति भएन। मैले कदापि यो भन्न खोजेको होइन कि चितवन प्रहरीले गोली चलाउनु पर्ने थियो किनभने मृत्यु पश्चात परिवारले भोगेको दुखपिडा शहिद परिवारको घर गएर राम्रो संग बुझेको छु। मात्र तपाईहरू लाई मधेशको पिडा, राज्यले गरेको दमन र पहाडले लगाएको चश्मा वारे बताउन खोजेको हो।

मलेठ घटनामा प्रदर्शनकारीले ढुंगामुढा अवश्य गरेको थियो तर कसैको ढुंगा प्रहरी समिप पनि पुगेन घाइते हुने कुरा त् परै जाओस् तापनि प्रहरीले समाति-समाति पांचजनाको हत्या गरेको थियो। आन्दोलनमा संसार भरि भिडको प्रकृति लगभग उस्तै हुन्छ, भिड उतेजित हुन्छ कहिले काहिं अनियन्त्रित पनि हुन्छ, सकेसम्म प्रहरीले भिड नियन्त्रण गर्ने हो नकि गोली चलाउने हो । तर हाम्रो राज्यको चरित्र मधेश र पहाड बिच फरक देखिएको छ। दोषी प्रहरी मात्र होइन उनीहरू लाई गोली चलाउन आदेश दिनेहरू मुख्य दोषी रहेको छ। न्यायको लागि आन्दोलन गर्नु सबैको अधिकार हो, मेरो कथन यति मात्र हो कि प्रहरीले अधिकतम संयमता अपनाउनु पर्छ र भिड नियन्त्रण गर्न गोली वाहेकका विकल्पहरू अपनाउनु पर्छ चाहे त्यो पहाड होस् वा मधेश ।

पहाड र मधेश बिच फरक चरित्रको मुख्य कारण मेरो नजरमा राज्यको नश्लवादी चरित्र रहेको छ। जंहा नश्लवाद हावी हुन्छ त्यंहा समृधी सम्भव हुंदैन। एकचोटी विचार गरौं ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१