Siraha Times
ताजा समाचार

शिक्षा पूर्वाधारमा नयाँ फड्को: औरहीमा विद्यालय भवन निर्माण सुरु

  • चैत १४, २०८२
  • ४९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १४ चैत्र । सिरहाको औरही गाउँपालिका वडा नं. ३ खजनपुरस्थित श्री आधारभूत विद्यालय मा नयाँ विद्यालय भवन निर्माण कार्यको औपचारिक शिलान्यास सम्पन्न भएको छ। शिक्षा क्षेत्रको पूर्वाधार सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

गाउँपालिकाको पहल र Build On Nepal को सहकार्यमा निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत तीन कोठे आधुनिक विद्यालय भवन तथा दुई कोठे व्यवस्थित शौचालय निर्माण गरिनेछ। कुल ५० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा Build On Nepal को ३५ लाख रुपैयाँ र गाउँपालिकाको १५ लाख रुपैयाँ आर्थिक योगदान रहनेछ।

निर्माण कार्य १०६ दिनभित्र सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ। समयमै निर्माण सम्पन्न भएमा विद्यार्थीहरूले छिट्टै सुरक्षित र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्न पाउने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने उपाध्यक्ष रेनु यादव विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो। उहाँले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। साथै, यस्ता साझेदारी कार्यक्रमहरूले ग्रामीण क्षेत्रको शैक्षिक अवस्था सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै नयाँ भवन निर्माणप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण अझ सुरक्षित, व्यवस्थित र आकर्षक बन्ने अपेक्षा गरेका छन्। नयाँ भवनसँगै विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि, सिकाइमा सहजता तथा समग्र शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ। यस प्रकारका पूर्वाधार विकास कार्यक्रमले ग्रामीण भेगमा शिक्षा सुधारको मार्ग अझ फराकिलो बनाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१