Siraha Times
ताजा समाचार

कार्यालयमै लापरबाही: बलान विहुल गाउँपालिकामा २५ कर्मचारी गायब, अध्यक्षको कडा कदम

  • चैत ६, २०८२
  • ४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, ६ चैत । सप्तरीको बलान विहुल गाउँपालिकामा गरिएको आकस्मिक (छड्के) अनुगमनले कर्मचारी अनुशासनको गम्भीर अवस्था उजागर गरेको छ। बिहीबार बिहान करिब १०:३० बजे गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव स्वयं कार्यालय पुगेर अनुगमन गर्दा २५ जना कर्मचारी अनुपस्थित भेटिएका छन्।

पालिकामा कार्यरत करिब ६० कर्मचारी मध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ठूलो संख्यामा कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको पाइए पछि सेवाप्रवाहमै प्रश्न उठेको छ। अध्यक्ष यादवले अनुपस्थित कर्मचारीहरूको हाजिरीमा रातो कलम लगाउँदै कडा कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएका छन्।

अनुपस्थित हुने कर्मचारीहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल, शिक्षा शाखा प्रमुख देवप्रसाद यादव, स्वास्थ्य शाखा संयोजक अवदुल खालिद अंसारी, सह–संयोजक पवनकुमार यादव तथा महिला, बालबालिका शाखा प्रमुख विजयकुमार सेठ लगायत रहेका छन्।

स्थानीय वासीका अनुसार कार्यालय समयमा कर्मचारी उपस्थित नहुँदा सेवाग्राहीहरूले नागरिकता, सिफारिस, स्वास्थ्य तथा शिक्षा सम्बन्धी सेवामा अनावश्यक ढिलाइ र सास्ती भोग्दै आएका छन्। “कार्यालय खुले पनि कर्मचारी भेटिँदैनन्, सेवा लिन घण्टौँ कुर्नुपर्छ,” एक सेवाग्राहीले गुनासो गरे।

अध्यक्ष यादवले यस्तो प्रवृत्तिले स्थानीय सरकारप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिँदै कर्मचारीलाई जिम्मेवार र अनुशासित हुन निर्देशन दिएका छन्। उनले आगामी दिनमा पनि यस्ता छड्के अनुगमनलाई निरन्तरता दिने र सेवाग्राहीलाई सहज, छिटो तथा प्रभावकारी सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तहमा सेवा प्रवाह सुधार गर्ने लक्ष्यका बीच यस्ता घटनाले प्रशासनिक सुधारको आवश्यकता अझै टड्कारो रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१