Siraha Times
ताजा समाचार

नवराजपुर–५ मा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न: “शिक्षा नै समृद्धिको आधार” नारामा जोड

  • चैत ६, २०८२
  • ५८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, नवराजपुर ६ चैत । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ५ को कार्यालयद्वारा आयोजना गरिएको वडा स्तरीय हाजिरिजवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। “शिक्षा नै समृद्धिको आधार हो” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित उक्त कार्यक्रमले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धनतर्फ सकारात्मक सन्देश दिएको छ।

कार्यक्रम वडाध्यक्ष जय प्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) को उपस्थिति रहेको थियो। प्रमुख अतिथि यादवले दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि तथा शिक्षामा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम मार्फत विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै उनीहरूको ज्ञान र आत्मविश्वास अभिवृद्धिमा टेवा पुगेको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रलाई गाउँपालिकाको विकासको मेरुदण्डको रूपमा लिइएको उल्लेख गर्दै यस क्षेत्रमा निरन्तर लगानी र सुधारको प्रयास भइरहेको बताए। “हामी शिक्षामा अघि बढिसकेका छौं, अब यसलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।

त्यसैगरी, वडाध्यक्ष जय प्रकाश यादवले प्रतियोगिताको समापन गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गराउन आग्रह गरे। उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारतर्फ स्थानीय तह गम्भीर रहेको बताउँदै अभिभावक–शिक्षक–समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकाससँगै शिक्षाप्रति सकारात्मक सोच निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१