Siraha Times
ताजा समाचार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अध्यक्ष यादवद्वारा नारी सम्मानको सन्देश

  • फागुन २५, २०८२
  • ३७७ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्रति सम्मान प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नारीलाई सृष्टिकी जननी, मायाकी प्रतिमूर्ति तथा शक्तिस्वरूपा भन्दै समाज निर्माणमा उनीहरूको योगदान अतुलनीय रहेको बताउनुभएको छ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष यादवले एक सन्देश जारी गर्दै नारीहरूको त्याग, ममता र समर्पण बिना संसार अधुरो हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार परिवार, समाज र राष्ट्र निर्माणमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। अध्यक्ष यादवले महिलाहरूको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको पनि बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्वमा महिलाहरूको सहभागिता बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

“नारीको सम्मान र सशक्तीकरण बिना समृद्ध समाजको कल्पना सम्भव छैन,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। साथै उहाँले महिलाहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्दै समाजका सबै क्षेत्रबाट उनीहरूको क्षमताको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। अन्तर्राष्ट्रिय नारी दिवसले महिलाको योगदानलाई स्मरण गर्दै लैङ्गिक समानता, अधिकार र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्य राखेको छ।

यस अवसरमा अध्यक्ष यादवले सम्पूर्ण नारीहरूलाई सम्मान प्रकट गर्दै सुख, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ। उहाँले महिलाको सम्मान, सुरक्षा र समान अधिकार सुनिश्चित गर्दै समावेशी समाज निर्माणतर्फ सबैले हातेमालो गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१