Siraha Times
ताजा समाचार

लहान–४ मा जनसागर: परिवर्तनको हुंकारसहित यादवको घरदैलो अभियान तीव्र

  • फागुन ६, २०८२
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा उल्लेख्य जनसहभागिता देखिएको छ। स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवले विकास, सुशासन र जनअधिकारका पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ।

घरदैलोका क्रममा उम्मेदवार यादवले भन्नुभयो, “आजको यो जनसागर र उत्साहले स्पष्ट संकेत गरिरहेको छ—लहानमा बदलाव निश्चित छ। अब पुरानो प्रवृत्ति चल्दैन। यहाँको विकास र जनताको अधिकारका लागि हाम्रो लडाईं निरन्तर जारी रहनेछ।” वडा नम्बर ४ का विभिन्न टोलमा पुगेको टोलीलाई स्थानीयवासीले उत्साहपूर्वक स्वागत गरेका थिए।

युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले अभियान थप ऊर्जावान बनेको आयोजकहरूले बताएका छन्। मतदातासँगको प्रत्यक्ष संवादमा रोजगारी, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा विस्तार र सुशासन प्रमुख एजेन्डाका रूपमा उठेका थिए। यादवले समर्थकहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “मलाई काँधमा काँध मिलाएर साथ दिनुहुने सम्पूर्ण क्रान्तिकारी साथीहरू तथा समर्थकहरूप्रति हृदयदेखि नै मुरी–मुरी धन्यवाद।

तपाईंहरूको पसिना खेर जान दिने छैन।” सिरहा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका यादवले चुनाव चिन्ह ‘छाता’ मार्फत मतदातासँग समर्थन माग्दै परिवर्तनको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अभियान टोलीका अनुसार आगामी दिनमा पनि क्षेत्रका अन्य वडा तथा बस्तीहरूमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ। “अबको पालो, परिवर्तनको पालो!” भन्ने नारासहित अभियान अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१