Siraha Times
ताजा समाचार

जनमत पार्टीका रामस्वरूप चौधरीको घरदैलो अभियान तीव्र

  • माघ २८, २०८२
  • ४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २८ । सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीले चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनसमर्थन सुदृढ गर्ने उद्देश्यले उनी दैनिक रूपमा विभिन्न गाउँ तथा टोलमा पुगिरहेका छन्।

आज अभियान अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सा पोखरभिण्डा गाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चौधरीले स्थानीय बासिन्दासँग भेटेर उनीहरूका दैनिक समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे गम्भीर रूपमा सुनेका थिए।

चौधरीले जनमत पार्टीको नीति तथा कार्यक्रम जनताको हितमा केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख कार्यसूची बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले जनताको विश्वास र सहभागिताले मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने धारणा राखे। कार्यक्रममा सहभागी पार्टीका नेता तथा कार्यकर्ताहरूले यस निर्वाचनमा जनमत पार्टीलाई बलियो समर्थन गर्न आह्वान गर्दै परिवर्तनका लागि नयाँ सोच र इमान्दार नेतृत्व अपरिहार्य रहेको बताए।

स्थानीय कार्यकर्ताहरूको सक्रिय सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। जनमत पार्टीका नेता श्याम सिंहका अनुसार निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभरि यस्ता घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस

Water Aid UK टोलीद्व ...

रहमुल, लहान १२ जेठ । लहान नगरपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूको स्थ ...

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१