Siraha Times
ताजा समाचार

लहान वडा नं. १ र २२ मा घरदैलो अभियान तीव्र जनताको घरआँगनमै पुगेर उम्मेदवार यादवले सुने समस्या र सुझाव

  • माघ २६, २०८२
  • ४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २६ सिरहा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लहान नगरपालिका वडा नं. १ र २२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

अभियान अन्तर्गत उम्मेदवार यादवसहित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू जनताको घरआँगनमै पुगेर प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार, खानेपानी र सामाजिक सुरक्षासम्बन्धी आफ्ना समस्या तथा सुझावहरू राखेका थिए।

उम्मेदवार यादवले जनताको आवाज नै आफ्नो मुख्य एजेन्डा भएको उल्लेख गर्दै प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघीयता, सुशासन, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने बताउँदै मधेशको दिगो विकासका लागि आफू निरन्तर क्रियाशील रहने धारणा राखे। घरदैलोका क्रममा स्थानीयवासीबाट उत्साहजनक साथ र समर्थन प्राप्त भएको उनको भनाइ थियो।

जसपा नेपालले छाता चुनाव चिन्ह लिएर निर्वाचन मैदानमा रहेको उल्लेख गर्दै नेता यादवले मतदातालाई छाता चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन्। अभियानमा सहभागी कार्यकर्ताहरूले पनि जनसमर्थन उत्साहजनक देखिएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१