Siraha Times
ताजा समाचार

काेपिया परियाेजनाबारे सर्वेक्षण शुरु

  • माघ २५, २०८२
  • ६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , माघ २५ । लुम्बिनीका विभिन्न जिल्लामा कोपिया परियोजनाबारे फिल्ड सर्वेक्षण शुरु भएकाे छ। लुम्बिनी प्रदेशकाे रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा लुम्बिनीमा कोपिया परियोजना कार्यान्वयनका लागि जिल्लागत सर्वेक्षण शुरु भएकाे परियाेजनाकी प्रमुख डा. पल्लबी कुमारी सिंह ले जानकारी दिनुभएकाे छ।

NARC ले अन्नबालीमा धानलाई प्राथमिकतामा राखेर कुल ३ वर्षकालागि विकसित प्रजातिहरूको एकीकरण, गुणस्तरीय बीउ उत्पादन मा फाेक्स हुनेछ साथै कम ग्लाइसेमिक सूचकांक भएको धानको प्रजाति पहिचान गर्ने तथा साे बारेमा जागरूकता सिर्जना गर्ने मुख्य उद्देश्य रहेकाे प्रमुख सिंह ले बताउनुभयाे । अहिले लुम्बिनी प्रदेशकाे तीनवटै जिल्लामा आधारभूत सर्वेक्षण भइरहेको छ। कपिलवस्तु जिल्लासमेत समेटिएकाले धानका पाकेट क्षेत्रहरुमा अध्ययन अनुसन्धान प्रक्रिया अघि बढसकेकाे छ ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र राष्ट्रिय गहुँ अनुसन्धान कार्यक्रमका आधारभूत सर्वेक्षण अधिकारीहरू मिलेर साे परियाेजनाका लागि काम गरिरहेका छन्। वरिष्ठ वैज्ञानिक श्री योगेन्द्र आचार्यले अधिकारीहरूलाई अभिमुखीकरणसमेत दिनुभएकाे छ। परियाेजनाले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-११ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे छ। साे कार्यक्रममा चामल संयोजक डा. मथुरा यादवले कोपिया परियोजनाको उद्देश्यको बारेमा जानकारी गराउनुभएकाे थियाे ।

सर्वेक्षणको क्रममा NWRP का प्राविधिक अधिकृत राजेन्द्र यादवले पनि विभिन्न सरोकारवालाहरू बीच समन्वयलाई सहजीकरण गर्नुभयो। मुख्यतया वसन्त ऋतुको धानको लागि कम अवधीका गुणस्तरीय बीउ र उत्पादनसमेतकाे अनुसन्धानबाट किसानकाे आर्थिक स्थिति उकास्ने उद्देश्य रहेकाे छ। मुख्यतः काेपया परियाेजना लुम्बिनी प्रदेशकाे धान पाकेट जिल्ला कपिलवस्तु ,रुपन्देही, नवलपरासी लगायत मधेश प्रदेशका दुई जिल्ला धनुषा र महाेतरीमासमेत लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१