Siraha Times
ताजा समाचार

नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीको चुनावी अभियान तीव्र

  • माघ २२, २०८२
  • ५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सप्तरी २२ माघ सप्तरी निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी यतिबेला चुनावी अभियानमा व्यस्त देखिएका छन्। यस क्षेत्रबाट तीन पटक प्रतिनिधित्व गरिसकेका चौधरी यसपटक चौथो पटक उम्मेदवारी दिएका हुन्।

चुनावी अभियानका क्रममा चौधरीले गाईघाट–कल्याणपुर–बनौला सडक खण्ड, कुशहा–बेल्ही सडक खण्ड तथा कदमाहा–पटेर्वा चार लेन सडक निर्माणजस्ता पूर्वाधार विकासमा आफूले खेलेको भूमिकाको चर्चा गर्दै केही अधूरा योजनाहरू पूरा गर्न यो अन्तिम पटक उम्मेदवारी दिएको बताएका छन्। साथै बलान नदी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ छ।

नेपाली कांग्रेसको टिमसहित सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलान बिहुल गाउँपालिका, बोदे बरसाइन नगरपालिका, खडक नगरपालिका र सुरुङ्गा नगरपालिकाका विभिन्न वडामा पार्टीका विभिन्न कमिटीका नेता–कार्यकर्तासँग भेटघाट तथा छोटो छलफलका क्रममा चौधरीले यो क्षेत्र नेपाली कांग्रेसका लागि अनुकूल रहेको दाबी गरे। उनका अनुसार दुरुस्त सडक सञ्जाल निर्माण, लागूऔषध नियन्त्रणका लागि किशोर तथा युवालाई शिक्षा र सीप विकास, खेलकुद क्षेत्रको विकास, कृषिमा आधुनिकीकरण तथा बलान नदी नियन्त्रण यस क्षेत्रका मुख्य एजेण्डा हुन्।

यही कारण मतदाताको रोजाइमा आफू रहेको चौधरीको भनाइ छ। कार्यकर्ता भेटघाटका क्रममा उम्मेदवार चौधरीले करिब २० वर्षअघि यस क्षेत्रका जनतासँग बसेर समन्वयका साथ सप्तरी विकास गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै भने, “क्षेत्र नं. ४ मा अझै सडक सञ्जाल, युवा विकास, सामाजिक संरचनाको मजबुती, कृषि र बलान नदी नियन्त्रणका केही अधूरा काम बाँकी छन्।

ती पूरा गर्नका लागि यो मेरो अन्तिम पटकको उम्मेदवारी हो बताए। नेता–कार्यकर्ताहरूले पनि अनुभवी र विकासमुखी नेतृत्वको रूपमा चौधरीलाई पुनः विजयी गराउन एकताबद्ध भएर चुनावी अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१