Siraha Times
ताजा समाचार

लहानमा जसपा नेपालको विस्तारित बैठक सम्पन्न, विभिन्न समिति गठनबारे छलफल

  • माघ २१, २०८२
  • ७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विस्तारित बैठक लहानमा सम्पन्न भएको छ। बैठक राम उदगार महतोको अध्यक्षतामा आयोजना गरिएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्र सदस्य सत्य नारायण यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता तथा प्रेस मञ्चका सञ्चारकर्मीहरूको  सहभागिता देखिएको थियो।

बैठकमा विशिष्ट अतिथिका रूपमा राकेश झा, श्याम कुमार गुप्ता, जितेन्द्र प्रकाश महतो, बैद नाथ साह, शत्रुधन मण्डल, राजेश कुमार गुप्ता, दिनेश महतो, बिपी चौधरी, प्रयाग लाल यादव, जानकी यादव, पुनिता पासमान, बेचन प्रसाद यादव, राम नाथ पण्डित, शिव नारायण महतो, चन्द्र नारायण कुशवाहा, आशा देवी महतो, सियाराम यादव, खडक नारायण चौधरी तथा ललित नारायण कुशवाहा,मो. आलम लगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै प्रेस मञ्चका तर्फबाट सञ्चारकर्मी  कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको सुरुवात स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत भाषण चन्द्र नारायण कुशवाहाले दिएका थिए। उनले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन विस्तारित बैठक महत्वपूर्ण हुने धारणा व्यक्त गरे। उनले स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संरचना मजबुत बनाउनु अहिलेको आवश्यकता भएको बताए।

स्वागत मन्तव्य पश्चात कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले शहीदप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारण गरेका थिए। मौन धारणमार्फत लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका शहीदहरूको सम्झना गरिएको थियो।

बैठकमा विशेषगरी आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार रणनीति र संगठनात्मक संरचना विस्तारबारे गम्भीर छलफल भएको थियो। निर्वाचन प्रचार–प्रसार समिती गठन गर्ने विषयमा विस्तृत छलफल गर्दै आवश्यक तयारी अगाडि बढाउने निर्णय गरिएको छ। यसैगरी वडा स्तरमा प्रचार समिती गठन गरी घरदैलो अभियानलाई प्रभावकारी बनाउने विषयमा पनि सहमति जुटाइएको सहभागीहरूले बताएका छन्।

त्यसैगरी अनुगमन समिती गठन गरी पार्टीका गतिविधि, प्रचार कार्य र संगठन विस्तारको अवस्थालाई नियमित रूपमा मूल्यांकन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिएको थियो। प्रचार–प्रसार समिती गठन गरेर समन्वयात्मक रूपमा सूचना प्रवाह, जनसम्पर्क तथा अभियान सञ्चालन गर्ने योजनाबारे समेत नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।

प्रमुख अतिथि सत्य नारायण यादवले पार्टीलाई जनस्तरसँग थप मजबुत रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै अनुशासित र योजनाबद्ध ढंगले अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे। अध्यक्ष राम उदगार महतोले बैठकले संगठनलाई चलायमान र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। बैठकले आगामी दिनमा संगठन विस्तार र निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१