Siraha Times
ताजा समाचार

शहीदका सपना अझै अधुरा: ८५ वर्षपछि पनि सुशासन र भ्रष्टाचारविरुद्ध संघर्ष जारी

  • माघ १६, २०८२
  • ६४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १६ माघ । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको माग गर्दै संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन निरंकुश राज्यले क्रुरतापूर्वक हत्या गरेको आज ८५ वर्ष पूरा भएको छ। उनीहरूको बलिदानीको एक दशकपछि राणा शासनको अन्त्य त भयो, तर राज्य जनताको हुन सकेन।

त्यसयता नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्‍यो। ८५ वर्षको अवधिमा पटक–पटक शासन व्यवस्था फेरिए, तर सत्ताको चरित्र भने फेरिन सकेन। व्यवस्था परिवर्तनका नाममा धेरै नेपाली जनता शहीद भए, तर शहीदहरूले देखेका सपना आजसम्म पनि पूर्णरूपमा साकार हुन सकेका छैनन्। ८५ वर्षअघि जसरी स्वतन्त्रता, न्याय र सुशासनका लागि बलिदान दिनुपरेको थियो, त्यसैगरी यसपटक पनि भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’मा सुशासन स्थापना र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीहरूले आफ्नो अमूल्य जीवन गुमाउनुपर्‍यो। यसले नेपाली इतिहासमा शहीदको श्रृंखला अझै टुट्न नसकेको यथार्थ उजागर गरेको छ।

अहिलेको चुनौती भनेको शहीदहरूको सपना पूरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नु हो। लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नु र नेपाललाई आर्थिक रूपमा समुन्नत मुलुक बनाउनु आजको पुस्ताको प्रमुख दायित्व बनेको छ। साथै राज्यका निकायहरूमा व्याप्त चरम दलीयकरणको अन्त्य गरी राज्यलाई जवाफदेही, पारदर्शी र जनमुखी बनाउनु अपरिहार्य देखिन्छ।

यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन। अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उनीहरूले देखेका सपना पूरा गर्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्ने। यस वर्षको शहीद दिवस सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरूको स्मरण गर्दै, उनीहरूको बलिदानलाई सार्थक बनाउन मन, वचन र कर्मले प्रतिबद्ध भएर अघि बढ्ने संकल्प गर्ने अवसर हो। अब फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना आज सबैको साझा आकांक्षा बनेको छ। सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्मान।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१