Siraha Times
ताजा समाचार

उज्यालो पार्टीका उम्मेदवार यादवको घरदैलो कार्यक्रम सुरु

  • माघ १५, २०८२
  • ६५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबार बिहान बोदे बर्साईन नगरपालिकाका बजार तथा भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो ।

पार्टीका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार बिसो कुमार यादवले आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन् । त्यसक्रममा उम्मेदवार यादवले घरघरमा मतदाताहरूलाई भेटेर आफूले बनाइएको एजेन्डा सहित युवा पुस्ताका उमेदवारलाई भोट दिन आग्रह गरेका थिए ।

घरदैलोका क्रममा स्थानीयले उम्मेदवार यादवलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू पनि चाडैं संचालनमा ल्याउने उज्यालो नेपाल पार्टीका जिल्ला संयोजक डा सुर्य प्रसाद यादवले बताए ।

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नं २ का उमेदवार डा. दिप चौधरी , समानुपातिकतर्फका उम्मेदवार ई. तेज नारायण यादव लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१