Siraha Times
ताजा समाचार

अमहामा नेकपा अगुवा कार्यकर्ता भेला सम्पन्न

  • माघ १४, २०८२
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, माघ १४ । सप्तरी जिल्लाको अमहा क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलामा मधेश प्रदेशका पूर्व कृषि मन्त्री गोविन्द न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने मधेश प्रदेश सांसद विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सुरुङ्गा नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष राजकुमार राउत, बोदेबरसाइन नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष रामप्रसाद राम, खडक नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष गङ्गा राम चौधरी, बलान–बिहुल गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष पशुपति यादव तथा खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले वर्तमान राजनीतिक अवस्था, जनताको पक्षमा हुने नीतिगत संघर्ष र पार्टी संगठन सुदृढीकरणको आवश्यकता बारे धारणा राख्नुभयो। उहाँले किसान, मजदुर तथा श्रमिक वर्गको हकहितका लागि पार्टीले अझ सशक्त रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा पार्टी संगठन विस्तार, जनसमस्या पहिचान तथा समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताएका थिए। भेलाले आगामी दिनमा जनसम्पर्क अभियानलाई तीव्र बनाउने र संगठनलाई थप बलियो बनाउने निर्णय समेत गरेको जनाइएको छ। अगुवा कार्यकर्ता भेलाले पार्टीभित्रको एकता मजबुत बनाउने र स्थानीय तहदेखि प्रदेश तहसम्म समन्वय बढाउने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१