जसपा नेपालका उम्मेदवार सत्य नारायण यादवद्वारा लहान–४ मा जनभेटघाट

  • माघ १३, २०८२
  • ८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ज्यूले लहान नगरपालिका वडा नं. ४ मा स्थानीय जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भेटघाटका क्रममा यादव ज्यूले वडावासीसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यलगायतका ज्वलन्त समस्याबारे धारणा सुन्नुभएको थियो। स्थानीयवासीहरूले दीर्घकालीन विकास योजना, पारदर्शी शासन र जनमुखी कार्यक्रमको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा उम्मेदवार यादव ज्यूले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकास जसपा नेपालको प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, निर्वाचित भएमा क्षेत्र नं. १ को समग्र विकासका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागी युवाहरूले रोजगारीको अभाव र वैदेशिक पलायनको समस्याबारे चिन्ता व्यक्त गरेका थिए। यस सन्दर्भमा यादव ज्यूले स्थानीय स्तरमै सीपमूलक तालिम, कृषि तथा साना उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न पहल गरिने स्पष्ट पार्नुभयो।

लहान वडा नं. ४ मा आयोजित उक्त जनभेटघाट कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवाहरू तथा पार्टीका कार्यकर्ता–समर्थकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा परिवर्तन र विकासका लागि जसपा नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

कृष्णहरी गैरेलसहित न ...

लहान माघ १३ । लहान नगरपालिका–१० का कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २० ...

खुट्टी खोला सिंचाइ य ...

लहान माघ १३ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाको सामाजिक शाखाका अधिकृत विनोद कुमार गु ...

बोदे बर्साईनमा रास्व ...

बोदे बर्साईन , सप्तरी : १३ माघ : उमेश कुमार साह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१