Siraha Times
ताजा समाचार

कृष्णहरी गैरेलसहित नेकपाको पूरै कमिटी कांग्रेसमा प्रवेश

  • माघ १३, २०८२
  • ५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ १३ । लहान नगरपालिका–१० का कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २०७४ सालमा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टी विभाजनपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले २६१ मत प्राप्त गरेका थिए ।

मंगलबार लहानमा आयोजित एक कार्यक्रममा गैरेलसहित नेकपाको पूरै कमिटी नै नेपाली कांग्रेसमा प्रवेश गरेको हो । पार्टी प्रवेश कार्यक्रममा सिरहा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार रामसुन्दर चौधरीलगायतका नेताहरूले नवप्रवेशीहरूलाई फुलमाला र खादा ओढाएर स्वागत गरे ।

कांग्रेस बुथ सभापति अम्बराज मिश्रको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति महेश चौधरी, नगर सभापति संजय यादव, महाधिवेशन प्रतिनिधि अरुण केसी, क्षेत्रीय सचिव शरणदेव यादव, सह–सचिव महेश मण्डल तथा लहान नगरपालिका–१० का वडा अध्यक्ष मनोज कोईराला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसको संगठन विस्तारमा नवप्रवेशीहरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आगामी निर्वाचन र संगठन सुदृढीकरणमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१