ताजा समाचार

गयेराती महोत्तरीमा छोरा माथि जानलेवा हमला, छूट्टाउन गएकी आमा र काकामाथि पनि धारिलो हथियार प्रहार

  • चैत २४, २०७४
  • १४२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

घनश्याम मिश्र चैत  २३ । महोत्तरीको औरहि नगरपालिका वार्ड ८ टिमकिया मा गयेराती २६ वर्षीय संजीव कुमार यादव (वार्ड सदश्य)माथि जानलेवा हमला भएको पीड़ित संजीवले संचारकर्मिलाई जानकारी दिएका छन । राति अंदाजी ११ बजे को समयमा १० जना जती को समूह आएर हामी माथि हमला गरेको यादवले संचारकर्मिलाई जनकारि दिएका छन ।रामगोपालका विजय चौधरी नामको ब्यक्ति र उ संगै आएका नकावधारी समुहले घरमा सुतेको छोरा माथि धारिलो हथियार प्रयोग गरेको ४० वर्षीय यादव की आमा निलम देवी को कथन रहेको छ । अर्कै कोठामा बुहारी र नातिका साथ शुतेको भाँतिजोलाई प्रहार गर्न थालेको र कराएको आवाज सुनेपछि आफू पनि छुट्टाउन जांदा म माथि पनि खुकुरी प्रहार भयो पीड़ित संजीवका काका ५० वर्षिय सत्यनारायण यादवको पीड़ा छ ।
हाल अहिले तघाइते त्रय को उपचार जनकपुर अंचल अस्पतालमा हुंदै छ । अंचल अस्पताल का अनुसार आमा लीलाम देवी को टाउको मा घाउ गहिरो रहेको र छोरा संजीवको टॉकोमा पांच ओटा टांका लागेको तर खतरा मुक्त रहेको स्पस्ट गर्छन ।घटना पछि राति ११:४५ बजे नै प्रहरीलाई ख़बर गरेको तर प्रहरी एक घण्टा ढिलो आई पुगेको स्थानिय बंगाली बताउछन । प्रहरी ले चाहेको भये अहिले सम्म दोषी विजय चौधरी लाई समाऊन सकिन्थ्यो तर प्रहरी पनि शंका को घेरा मा रहेको पीडित परिवार बताउछन । घटना बारे महोत्तरी प्रहरी प्रमुख लाई संपर्क गर्दा प्रहरी उपरीक्षक कुबेर सिंह कठैत ले घटना बारे छान बिन भई रहेको र दोषीलाई छिटै पक्राउ पर्ने संचारकर्मिलाई बताए । पीड़िक परिवार ले घटना हुनु को मुख्य कारण विजय र स्थानिय युवती विच को संबंध रहेको वताउछन ।
घाइते संजीव का अनुसार हिजो सांझ नै गाउँको युवतीलाई मोटरसाइकिल मा लिएर गाउ बाहिर जांदै गर्दा हामीले रोक्न खोजेको तर उ बाइक मा भग्न सफल भयो, पछि केटी को घरमा परिवारजन ले थाहा पायेपछि केटी ले नै फ़ोन गरि विजय लाई भनेको र त्यहि रिषिवि का कारण विजय चौधरी सहितका ब्यक्तिलाईले हामी माथि आक्रमण गरेको बताए । एता घटना बारे तत्काल छान बिन गरि दोशिलाई पक्राउ गर्न र पीडितलाई न्याय दिन स्थानियहरु स्थानीय सरकार संग आग्रह गरेका छन । स्थानियका अनुसार देर राति सम्म यस क्षेत्रमा मदिरा पशल खुल्नु ले पनि घटना लाई बढ़ावा दिएको तर प्रहरी चुइक्क बोल्दै किन ? प्रतिप्रश्न गर्छन स्थानीय । रातिको घटना मा पनि दोषी देखाएको ब्यक्ति निज विजय चौधरी देर राति सम्म त्यहिं स्थानिय मदिरा को पसल मा दारू खाएको स्थानीयको भनाइ उदृत गर्दै पीडित ले संचारकर्मिलाई दुःखेसो पोखे ।

Image may contain: 1 person, closeup

Image may contain: 1 person, sitting, closeup and outdoor

Image may contain: 1 person, closeup

Image may contain: 3 people, outdoor and closeup

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤