Siraha Times
ताजा समाचार

लहानमा ट्राफिक सचेतना कार्यक्रम

  • माघ ९, २०८२
  • ५४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले जिल्ला सिरहा, लहान नगरपालिका–०८ स्थित बल्ड लिङ्क कम्युनिकेशन लि., लहान को सभाहलमा “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बल्ड लिङ्क कम्युनिकेशनमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी सडक दुर्घटना न्यूनीकरणका उपायहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक तिमिल्सिनाले तिव्र गतिमा सवारी नचलाउने, मोटरसाइकल चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने, रातको समय तथा जाडो याममा हुँस्सु लाग्दा दुर्घटनाको जोखिम बढी हुने भएकाले टल्कने (रिफ्लेक्टिभ) पोशाक प्रयोग गर्ने जस्ता विषयमा जोड दिनुभयो । त्यसैगरी सवारी साधन चलाउँदा अनिवार्य कागजपत्र साथमा राखी सवारी चलाउने, बजार क्षेत्रमा जथाभावी सवारी पार्किङ नगर्ने, साथै कुनै स्थानमा सवारी दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको प्रहरी युनिट वा आपतकालीन सेवा नम्बर १००/१०३ मा तुरुन्त सम्पर्क गर्न उत्प्रेरित गर्ने विषयमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा ट्राफिक चिन्हहरूको परिचय, ट्राफिक नियमको पालना तथा युवाहरूको भूमिकाबाट सम्भावित सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो । प्रहरी निरीक्षक तिमिल्सिनाले ट्राफिक नियमको पूर्ण पालना नै सडक दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको उल्लेख गर्दै, यस्ता सचेतनामूलक कार्यक्रमले युवाहरूमा जिम्मेवार सवारी संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१