Siraha Times
ताजा समाचार

महान मधेस जनविद्रोहका वीर सहिदको स्मरणमा लहानमा बलिदानी दिवस, जसपा नेपालको भव्य कार्यक्रम

  • माघ ५, २०८२
  • ५५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा सम्मान गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले लहानमा बलिदानी दिवस भव्य रूपमा मनाएको छ। मधेस आन्दोलनले मधेसी समुदायको अधिकार, पहिचान र सम्मानका लागि दिएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै आयोजित कार्यक्रममा हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ता र श्रम तथा यातायात मन्त्री माननीय मनिश सुमन प्रमुख रूपमा सहभागी थिए। उनीहरूले मधेस आन्दोलन कुनै एक पार्टी वा व्यक्तिको नभई सम्पूर्ण मधेसी जनताको साझा संघर्ष भएको उल्लेख गर्दै सहिदहरूको बलिदानकै कारण आज मधेसले राजनीतिक पहिचान र अधिकारका थुप्रै उपलब्धि हासिल गर्न सकेको बताए।

मन्त्री गुप्ताले सहिद रमेश महतो लगायतका वीर सपूतहरूले देखाएको साहस र बलिदानले मधेस आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याएको उल्लेख गर्दै, “मधेसी जनताको अधिकार सुनिश्चित गर्न अझै संघर्षको मार्ग पूरा भएको छैन, त्यसका लागि सहिदको सपना साकार पार्ने जिम्मेवारी हाम्रो काँधमा छ,” भने। मन्त्री सुमनले सामाजिक न्याय, समावेशीता र समानताको मुद्दा अझै अधुरो रहेको बताउँदै मधेस आन्दोलनको मर्मलाई व्यवहारमा उतार्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

बलिदानी दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात गर्दै जसपा नेपालले लहान स्थित रा. उ. प्रादेशिक अस्पताल मा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। यस कार्यक्रमले सहिद प्रतिको सम्मानसँगै मानव सेवा र सहानुभूतिलाई पनि जोड दिएकोसहभागीहरू को भनाइ थियो।

कार्यक्रममा वक्ताहरूले मधेस आन्दोलनले राज्य संरचनामा ल्याएको परिवर्तन, संविधानमा भएका उपलब्धि र अझै बाँकी रहेका माँग बारे चर्चा गर्दै सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्नु पर्ने आवश्यकता औंल्याए। लहानमा सम्पन्न यो कार्यक्रमले मधेस आन्दोलनप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै सहिद प्रति श्रद्धाञ्जली अर्पण गर्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१