प्रहरी संगठनका नियम बिपरित काम गर्ने प्रदेश २ का २ सय ८० जना प्रहरी कारवाहीमा

  • साउन २५, २०७६
  • ८०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा श्रावण २५ गते। प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको प्रदेश नं.२का प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले बताएका हुन । प्रदेश -२ का डिआईजी प्रधुम्नकुमार कार्कीका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको बताए । प्रदेश २ का आठै जिल्लाबाट एक जना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान जना विभागीय कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले बताएका छन । संगठनमा सुद्धिकरण चलीरहने वताउदै यो चालु आर्थिक बर्षमा मात्र २ सय ५९ जना राम्रो काम गर्नेलाई पुरस्कृत पनि भएको छ । प्रदेश २ का विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलयलगायतका ठाउँमा वस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक सुद्धिकरण गरिएको प्रदेश न - २ का डिआईजी काकीले बताएका छन। त्यसै गरि , राम्रो काम गरेबापत् एक वरिष्ठ प्रहरी उपरीक्षक, पाँच प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरिक्षक, ६२ प्रहरी हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताएका छ्न।  प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धी प्रतिकूल राय दिनेजस्ता कारबाही भएको प्रबक्ता महतो ले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१