Siraha Times
ताजा समाचार

सप्तरीको बोदे बर्साईनमा माघी सांस्कृतिक महोत्सव सम्पन्न

  • माघ १, २०८२
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका –२ बैरिया नेगडा योगिया स्थित श्री शत्रुधन माध्यमिक बिधालयको खेलमैदानमा माघी सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।बिहिवार आयोजित एक समारोहका बीच बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले महोत्सवको उद्घाटन गरेका हुन् ।

थारु सांस्कृतिक संरक्षक समिति बोदे बर्साईनको अध्यक्ष राधा चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा पुर्व डिए.सपी शंकर चौधरी , वडा अध्यक्ष राम प्रसाद राम , बैजनाथ चौधरी , स्थानीय नेता अमरेन्द्र कुमार यादव , मो दाउद , बब्लु , पत्रकार उमेश कुमार साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

जिल्ला अध्यक्षले आयोजना गरेको कार्यक्रममा स्वागत भने माघी महोत्सव मुल आयोजक समिती सप्तरीका संयोजक राधा चौधरीले गरे । महोत्सवमा थारु राष्ट्रिय कलाकारहरु ममता चौधरी, अनुका चौधरी, मनिस चौधरी, ओमप्रकाश सिंह, अन्जनी सिंह थारु लगायतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो महोत्सवमा थारु परिकार झल्काउने विभिन्न पकवान, थारु भेषभुषा लगायतका थारु मौलिक खानपीनको दर्जनौं पकवान राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१