Siraha Times
ताजा समाचार

क्लोथ बैंकलाई कान्छो मेयर बरबरियाको एक लाख एकान्वे हजारको चेक हस्तान्तरण

  • साउन २५, २०७६
  • १०६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम, श्रावण २५ गते । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले क्लोथ बैँक जनकपुरलाई एक लाख एकान्वे हजार रुपैयाँको चेक हस्तान्तरणको गरेका छन् । गरिब र विपन्नहरुको लागि लुगा कपडा खरिद गर्नका लागि शहिदनगर नगरपालिकाको तर्फबाट मेयर बरबरियाले उक्त रकम सहयोग गरेका हुन । धनुषामा राजपाका नेता राजीव झाको सँयोजकत्वमा गठन गरिएको क्लोथ बैँक (कपडाको बैँक) मार्फत गरिब, असहासय, विपन्न व्यक्तिहरुलाई निःशुल्क रुपमा कपडा उपलब्ध गराउँदै आएको छ । शुक्रबार मेयर बरबरिया सहित जिल्ला समन्वय समितिका उप प्रमुख दिपक झा, प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदिपराज कनेल, शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा, सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल, सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक सुशील पराजुली लगायतको विशेष उपस्थितिमा १ लाख ९१ हजारको चेक हस्तान्तरण गरेको हो । यसका साथै, संस्थाको सचिब पुरण साह लगायत राजपाका विद्यार्थी नेता प्रशान्त झा, अनुपम झा, सँचारकर्मीहरुको लगायतको उपस्थितिमा एक लाख एकान्बे हजारको चेक गरीब तथा बिपन्न बर्गको लागि प्रदान गरिएको हो । क्लोथ बैंकमा सहयोगपछि बैँकका सँयोजक राजीव झा सहित उपस्थित प्रशासनीक निकायका अधिकारीहरुले समेत मेयर बरबरियाको कार्यलाई सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१