ताजा समाचार

सिराहा: लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

  • पुस २९, २०८२
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तलब नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। करार कर्मचारीद्वारा गरिएको तालाबन्दी आज १२ दिन पूरा भएको छ। सरकार परिपत्र अनुसार करार सेवा रद्द गर्ने सर्वविदित्तै छ। लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो गर्दै कर्मचारीहरूले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन्। उनीहरू बताउँछन् - "तलब नपाएर हामी एकदमै चिनतित छौं ।"

हाम्रो दैनिकी उकास्न निक कठिनाई भइरहेको बताउँछन् । तालाबन्दीका कारण गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा अत्यावश्यक सेवाहरू प्रभावित भएका छन्। सेवाग्राहीहरू सामान्य कागजात प्रमाणीकरण, सिफारिस, दर्ता, पञ्जिकरण लगायतका कामका लागि समेत अलमलमा परेका छन्। करार कर्मचारीहरूको भनाइमा पटक–पटक समस्या समाधानको माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनको बाटो रोज्नु परेको हो। उनीहरूले तलब भुक्तानी नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले सकेसम्म छिटो समस्या समाधान गरिने बताएका छन्।

उनले कर्मचारीहरूको जायज मागप्रति गाउँपालिका गम्भीर रहेको र आवश्यक प्रक्रिया पूरा गरी तलब भुक्तानीको व्यवस्था गरिने जानकारी दिएका छन्। यता, पालिका उपाध्यक्ष नेतृ अमरकाला यादव लक्ष्मीपुर पतारीका सबै वडाहरुमा समेत सेवा प्रभावित रहेको बताउँछन् तर, ठोस समाधान नआएसम्म तालाबन्दी जारी रहने कर्मचारीहरूको चेतावनीका कारण गाउँपालिकाको सेवा प्रवाह थप प्रभावित हुने देखिएको छ। यता, जेन-जी आन्दोलन पछिको शुशिला कार्की नेतृत्वको सरकारले देशभरको करार सम्झौता रद्द गर्दै आइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकामै पुग्न थाल्य ...

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन् ...

खडक नगरपालिकाको कल्य ...

ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आ ...

पत्रकारलाई धम्की दिन ...

वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤