Siraha Times
ताजा समाचार

थारु कल्याणकारीणी सभा कतारको आठौं अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा भगवती प्रसाद चौधरी

  • पुस २८, २०८२
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नयाँ नेतृत्व चयन भएका छन।खुल्ला र बन्द गरि दुई सत्रमा सप्पन्न भएको अधिवेशनमा बन्द सत्रबाट  भगवती  प्रसाद चौधरीको सभापतित्वमा दस जना पदाधिकारी सहितको नयाँ  कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन।कार्यसमितिको वरिष्ठ उपसभापतिमा रमानन्द चौधरी, प्रथम उपसभापतिमा घनश्याम चौधरी,महिला उपसभापतिमा पार्वती चौधरी द्वितीय उपसभापतिमा ओम नारायण चौधरीलाई चयन गरेको हो।

त्यसतै महामन्त्रीमा जितेन्द्र चौधरी , उप महामन्त्रीमा विरेन्द्र प्रसाद चौधरी,सचिवमा रामनारायण चौधरी , कोषाध्यक्ष रन्जित कुमार चौधरी ,सहकोषाध्यक्ष सवनम कुमार चौधरीलाई चयन गरेको निर्वाचन समितिका संयोजक श्यामलाल चौधरीले जानकारी दिए। शुक्रबार सनैया स्थिति वेलफेयर रेस्टुरेन्टको सभाहलमा संस्थाका  अध्यक्ष हरी महतोको सभापतित्वमा तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघ संस्था, प्रतिनिधि, पत्रकार , कलाकार लगायत थारु समुदायको बाक्लो उपस्तिथि रहेको थियो।जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक , आर्थिक , समाजिक उत्थान हाम्रो समर्पण भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्था हो।

व्यानर अनावरण, दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई संस्थाक सचिव ओम नारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए। स्वागत मन्तव्य राख्दै उनले थारु सम्वत २६४९ को शुभकामना पनि व्यक्त गरेका थिए।स्थानीय  कालाकारहरुले थारु सँस्कृती झल्कीने थारु भाषाको प्रस्तुतिले  स्वागत गरेका थिए। कार्यक्रममा थारु परिकार तिलको लड्डु , खिर, लगायतको भोजनको समेत व्यवस्था थियो ।

प्रवासमा रहेर थारु कल्याणकारीणी सभाले आफ्नो सँस्कृतीको जर्गेना गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको बताए।कार्यक्रममा भाग्यशाली चिट्ठाअन्तर्गत प्रथम पुरस्कार चिट्ठा  नम्बर ३३९ ल्यापटप सृजना चौधरी जितेका छन्,त्यस्तै द्वितीय पुरस्कार चिट्ठा नम्बर  ६०५ स्मार्ट फोन लक्ष्मी चौधरीले हात पारेको छ । तृतीय पुरस्कार चिट्ठा नम्बर ७४९ समार्ट फोन रघुनन्दन चौधरीलाई परेको थियो ।

त्यसतै सन्त्वना पुरस्कार अन्तर्गत बीस जनालाई ब्लुटुथ र समार्ट वाचले पुरस्कृत गरेका थिए।कार्यक्रमलाई सम्पन्न गर्दै सभापति महतोले अधिवेशन सफल पार्न तथा माघी पर्व मनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने तथा निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भएका सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै थारुहरुको नयाँ वर्ष थारु संवत २६४९ को शुभकामना व्यक्त गरेका थिए।संस्थाका महामन्त्री रमानन्द चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१