Siraha Times
ताजा समाचार

राष्ट्रसेवक सहकारीको ७औँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

  • पुस २८, २०८२
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. (NATIONAL EMPLOYEE SAVING & CREDIT CO-OPERATIVE LTD.) को ७औँ वार्षिक साधारण सभा (7th AGM and Convention 2082) तथा बनभोज कार्यक्रम संस्था अध्यक्ष रञ्जीत यादवको अध्यक्षतामा र नेकपा एमाले जिल्ला अध्यक्ष अशोक कुमार यादवको प्रमुख आतिथ्यमा लहान नगरपालिका–१५ स्थित हात्तीदह, सिरहा मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा सहकारीको आर्थिक साधारण सभा तथा वार्षिक साधारण सभा एकैसाथ आयोजना गरिएको थियो। साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण, आगामी कार्ययोजना तथा नीति–कार्यक्रमहरू प्रस्तुत गरी छलफल गरिएको थियो। सहभागी सदस्यहरूले सहकारीको संस्थागत सुदृढीकरण, पारदर्शिता, सदस्य हित र दीगो विकासका विषयमा महत्वपूर्ण सुझावहरू दिएका थिए।

उक्त कार्यक्रम राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि., लहान को आयोजनामा तथा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति सिरहा को विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरू, निजामती कर्मचारी संगठनका प्रतिनिधिहरू तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बनभोज कार्यक्रममार्फत सदस्यहरूबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। सहभागीहरूले यस्तो कार्यक्रमले संस्थाप्रतिको अपनत्व बढ्नुका साथै संगठनात्मक एकता सुदृढ हुने विश्वास व्यक्त गरे। कार्यक्रमको समापन गर्दै आयोजकले सहकारीलाई अझ प्रभावकारी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

चौतारो संरक्षणका लाग ...

​सिराहा, २५ जेठ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ ठटियास्थित सरे खोलाको किनारमा रहेको ...

अत्यन्तै विपन्न अवस् ...

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक ...

भगवानपुरको विकासका ल ...

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१