Siraha Times
ताजा समाचार

मधेश आन्दोलनका सहिदप्रति मन्त्री राजकुमार गुप्ताद्वारा लहानमा भावपूर्ण श्रद्धाञ्जली

  • पुस २५, २०८२
  • ६१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधेश आन्दोलनका सहिदहरूको स्मृतिमा स्थापित प्रतिमाहरूमा माल्यार्पण तथा टीका अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

मन्त्री गुप्ताले मधेशका प्रथम सहिद रमेश महतो सहित लहान चोकमा रहेका सहिद प्रतिमाहरूमा तथा सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित मिर्जापुरमा अवस्थित सहिद प्रमोद सदा (सदाय)को प्रतिमामा माल्यार्पण गर्नुभएको हो। सो अवसरमा उहाँले सहिद प्रमोद सदा (सदाय)की आमालाई साल ओढाएर सम्मानसमेत गर्नुभएको थियो।

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले मधेश आन्दोलनका सहिदहरूको त्याग, बलिदान र योगदानलाई कहिल्यै बिर्सन नहुने उल्लेख गर्नुभयो। सहिद परिवारप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उहाँले सहिदहरूको सपना साकार पार्नु प्रदेश सरकारको साझा दायित्व भएको स्पष्ट पार्नुभयो।

२०६३ सालको मधेश आन्दोलनका क्रममा लहानमा रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय सहनी र मोहम्मद अनिस अन्सारीले सहादत प्राप्त गरेका थिए। ती सहिदहरूको बलिदानकै कारण आज मधेश पहिचान, अधिकार र विकासका दिशामा अघि बढ्न सफल भएको उल्लेख गर्दै मन्त्री गुप्ताले सहिदहरूको आदर्श र उद्देश्यलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशको समग्र विकास, भौतिक पूर्वाधार सुदृढीकरण तथा जनताका सरोकारका विषयमा आगामी दिनमा सकारात्मक, परिणाममुखी र अर्थपूर्ण काम हुने जनविश्वास व्यक्त गरे। मन्त्री गुप्ताको अनुभव, स्पष्ट दृष्टिकोण र प्रतिबद्धताले मधेश प्रदेशको विकास यात्रामा नयाँ ऊर्जा थपिने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

माल्यार्पण कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, प्रदेश सांसद ललिता दास, जसपा नेपाल लहान नगर समितिका अध्यक्ष राम उदगार महतो, पूर्व वडा अध्यक्ष राकेश गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरूको गरिमामय उपस्थिति रहेको थियो।

समावेशी विकास, सुशासन तथा दिगो भौतिक पूर्वाधार निर्माणमा मन्त्री गुप्ताको नेतृत्व प्रभावकारी सिद्ध हुने दृढ विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूले उहाँको सफल, उपलब्धिमूलक र स्मरणीय कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१