सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा सम्पन्न

  • पुस २५, २०८२
  • ४४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ्गा नगरपालिका–मधुपट्टी कनकपुरमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको संशोधित बजेट तथा कार्यक्रम नगरसभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

नगरसभा सुरुङ्गा नगरपालिकाको अध्यक्षता नगरप्रमुख गीता चौधरीले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासको उपस्थित रहेको थियो । साथै सभामा नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य,नगरपालिकाको प्राबिधिक कर्मचारीहरु तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो ।

नगरसभामा नगरप्रमुख गीता चौधरीले आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा नगरको समग्र विकास, सुशासन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जनताको जीवनस्तर उकास्ने उद्देश्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । नगरप्रमुख चौधरीले चालु आर्थिक वर्षमा देखिएका आवश्यकता, संघ तथा प्रदेश सरकारबाट प्राप्त निर्देशन र नगरवासीका मागलाई समेटेर बजेट संशोधन गरिएको जानकारी दिनुभयो । “नगरपालिकाको दिगो विकासका लागि आवश्यक योजनाहरूलाई प्राथमिकतामा राख्दै बजेट संशोधन गरिएको हो,” उहाँले भन्नुभयो ।

संशोधित बजेट तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि तथा पशुपालन, रोजगारी सिर्जना र सामाजिक सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । नगरप्रमुख चौधरीले सडक, नाला, सामुदायिक भवन, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाभित्रका अधुरा तथा अलपत्र परेका योजनाहरूलाई सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ । साथै नयाँ आवश्यकता अनुसार योजना समावेश गरिएको उहाँले स्पष्ट पार्नुभयो । विशिष्ट अतिथि नगर उपप्रमुख रुद्रबहादुरले नगरसभालाई सम्बोधन गर्दै संशोधित बजेट तथा कार्यक्रम जनमुखी र व्यवहारिक रहेको बताउनुभयो । उहाँले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “नगरपालिकाको विकास केवल बजेटले मात्र सम्भव हुँदैन, यसको प्रभावकारी कार्यान्वयन अत्यन्तै महत्वपूर्ण हुन्छ,” उपप्रमुख रुद्रबहादुरले भन्नुभयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू लक्षित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नगरसभामा सहभागी वडा अध्यक्ष तथा वडा सदस्यहरूले बजेट तथा कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । उनीहरूले आ–आफ्ना वडाका आवश्यकता अनुसार समावेश गरिएका योजनाहरू कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।वडास्तरका जनप्रतिनिधिहरूले नगरपालिकाको समग्र विकासका लागि सबै वडाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रस्तुत बजेट नगरवासीको अपेक्षाअनुसार आएको प्रतिक्रिया दिएका थिए ।

लामो छलफलपछि आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ । नगरसभा सदस्यहरूले प्रस्तुत बजेट तथा कार्यक्रम नगरपालिकाको समग्र हितमा रहेको निष्कर्ष निकालेका थिए ।नगरप्रमुख गीता चौधरीले सभाको समापन गर्दै बजेट कार्यान्वयनमा सबै जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । “हामीले बनाएको नीति तथा कार्यक्रम व्यवहारमा उतार्न सके मात्र नगरको वास्तविक विकास सम्भव हुन्छ,” उहाँले भन्नुभयो ।१६औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएसँगै सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित बजेट तथा कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नगरपालिकाको नेतृत्वले पारदर्शिता, सुशासन र जनउत्तरदायी प्रशासनमार्फत नगरलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

युवा नेता गोविन्द के ...

कपिलवस्तु, पुस २५ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१