Siraha Times
ताजा समाचार

युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान

  • पुस २५, २०८२
  • ४६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस २५ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ । युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली राजधानीतर्फ लागेको नेता केसीले जानकारी दिनुभयो । कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ ।

उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य सहभागिता जनाइएको हो । “पार्टीभित्र युवाहरूको सक्रिय भूमिका सुनिश्चित गर्न, संगठन सुदृढ बनाउन र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ बलियो बनाउने विषयमा विशेष महाधिवेशन निर्णायक हुनेछ,” उहाँले भन्नुभयो ।

टोलीको सहज यात्राका लागि बसको व्यवस्था गरिएको छ । यात्राका क्रममा संगठनात्मक छलफल, महाधिवेशनमा उठाइने एजेन्डा र कपिलवस्तु जिल्लासँग सम्बन्धित विषयहरूमा समेत आपसी परामर्श गरिने बताइएको छ । कांग्रेसको विशेष महाधिवेशनलाई लिएर कपिलवस्तुमा समेत उत्साहको माहोल देखिएको छ । पार्टी नेतृत्व, नीति तथा भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षासहित कपिलवस्तुबाट गएको टोलीले महाधिवेशनमा प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय कांग्रेस कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

टुटेको झोपडीमा बाँच् ...

रहमुल, सिरहा ४ वैशाख। सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरस्थित पूर्व–पश्चिम हुलाकी स ...

लाहानको विकट बस्तीमा ...

विनोद अविरल, लहान बैशाख ४, सिराहा । ​सिराहाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्रको रूपमा ...

सेनाको कमाण्ड तथा स् ...

वैशाख ४ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१