Siraha Times
ताजा समाचार

भगवानपुरमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

  • पुस २५, २०८२
  • ५६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २५ पुस । “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नागरिकका गुनासा, सुझाव तथा अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले भगवानपुर गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आज जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं. १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर, सिरहाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा, जिल्ला प्रशासन कार्यालय सिरहा तथा भगवानपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको रहेको थियो भने प्रमुख अतिथि भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव रहेका थिए।

कार्यक्रममा भगवानपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कुमारी यादव, इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधी खनाल, सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा. ७ सन्हैठाका सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारी, राष्ट्रिय अनुसन्धान विभाग सिरहाका सुरेन्द्र कोईराला, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पाल, भगवानपुर गाउँपालिकाका प्रशासकीय अधिकृत प्रमोद साह, निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी विभिन्न वडाका वडा अध्यक्षहरू, प्रहरी कर्मचारीहरू, स्थानीय नागरिक, भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी, युवा, अभिभावक तथा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय नागरिकहरूले शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, घरेलु हिंसा, सडक सुरक्षा, सामाजिक अपराध नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विभिन्न सवाल, गुनासा र सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकको सहभागिता बिनाको सुशासन सम्भव नभएको उल्लेख गर्दै जनताको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले समुदाय, प्रहरी र स्थानीय सरकारबीचको सहकार्यले मात्र सुरक्षित र समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभयो।

नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय तहमा रहेका समस्या पहिचान गर्न, समाधानका उपाय खोज्न तथा प्रहरी–प्रशासन र नागरिकबीच आपसी विश्वास र सहकार्य मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१