Siraha Times
ताजा समाचार

शितलहरको मारमा परेका अतिविपन्नलाई राहत : बलान बिहुलमा १५० परिवारलाई कम्बल वितरण

  • पुस २५, २०८२
  • ४५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २५ पुस।  मधेस प्रदेशमा बढ्दो शितलहरका कारण जनजीवन कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सप्तरीको बलान बिहुल गाउँपालिकामा राहत स्वरूप कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा गाउँपालिकाले अतिविपन्न गरिब तथा दलित समुदायका १५० परिवारलाई कम्बल वितरण गरेको हो।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा बलान बिहुल गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चिसो मौसममा गरिब, दलित तथा असहाय परिवारहरू सबैभन्दा बढी प्रभावित हुने भएकाले स्थानीय सरकार नागरिकको दुःखमा साथ दिन प्रतिबद्ध रहेको बताए। उनले शितलहर जस्ता प्राकृतिक विपद्को समयमा राहत तथा संरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए।

कार्यक्रममा सहभागी वक्ताहरूले बलान बिहुल गाउँपालिकामा गरिब तथा दलित समुदायको संख्या तुलनात्मक रूपमा बढी रहेको उल्लेख गर्दै हालको राहत पर्याप्त नभएकाले आगामी दिनमा थप व्यवस्थापन आवश्यक रहेको धारणा राखे। उनीहरूले स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन राहत तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। स्थानीयवासीहरूले चिसोबाट बच्न कम्बल वितरणले तत्काल राहत मिलेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन्। बढ्दो शितलहरका कारण मधेसका विभिन्न जिल्लामा जनजीवन प्रभावित भइरहेका बेला बलान बिहुल गाउँपालिकाले गरेको यो पहल पीडित समुदायका लागि राहतको आशा बनेको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१