Siraha Times
ताजा समाचार

प्रहरी चौकी गण्डकका ईन्चार्ज जगदीश र घुमुवा सरोजको असुली कार्य तीब्र

  • पुस २४, २०८२
  • ५३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, वीरगंज २४ पुस । वीरगंजको प्रहरी चौकी गण्डकका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीश यादवले घुमुवा खटाई अवैध कारोबारीहरुबाट रकम असुली गराई राखेको समाचार प्राप्त भएको छ । वीरगंज, कलैयाबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट सो चौकीका घुमुवा प्रहरी सहायक हवलदार सरोज यादवले मासिक लाखौं रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।

वीरगंजका विभिन्न ट्रान्सपोर्टहरुबाट अवैध सामग्रीहरु लोड गरी दैनिक दर्जनौं दर्जन गाडीहरु गण्डक भएर अन्य जिल्लाहरुमा पुग्छन् । सो गाडीमा अवैध सामग्रीहरु रहेको सूचना पाए पछि चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनु पर्नेमा घुमुवा सहायक हवलदार यादवले सो गाडीहरु सँग सेटिङ्ग मिलाई मासिक रुपमै नजराना बुझने गरेको बताईन्छ ।

त्यसैगरी वीरगंजबाट चल्ने रात्री बस, माईक्रो लगायतका गाडीहरुमा पोके महिला तस्करहरु सँग पनि घुमुवा यादवले प्रति पोकाको रकम निश्चित गरेर एकमुष्ट बुझने गरेको समाचार स्रोतले जनाएको छ । पोके तस्करहरुले कुनै पनि गाडीमा अवैध सामग्रीहरु लिएर जाँदा सो चौकीका डियुटीमा खटेका प्रहरीहरुले सोधपुछ गर्दा “फलानो व्यक्तिको सामान हो, हवलदार सरोज सर सँग ठिक छ” भने पछि जानुस भन्दै छुट दिने गरिएको एक पोके तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

हेर्दा गण्डक चौकी सामान्य लागे पनि सो चौकीका घुमुवा सरोजले मासिक रुपमा करिब ३ लाख देखि ५ लाख सम्म असुल्ने गरेको ती तस्करको दाबी रहेको छ । प्रहरी सहायक हवलदार सरोज यादव अधिकांश समय घुमुवा बसी आर्जन गरेको अकुत सम्पत्तिबाट प्रहरी संगठनका एकाध हाकिमहरुलाई प्रभावमा पारी करिब ६÷७ वर्ष देखि पर्सा जिल्लामा अड्डा जमाएर बस्न सफल हुदै आएको प्रहरी स्रोतको कथन रहेको छ ।

घुमुवा सरोज यस भन्दा अगाडि हाल घुमुवा रहेकै गण्डक चौकी, वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी चौकी श्रीसियामा घुुमुवा बसीसकेकाले उनलाई तस्कर र तस्करीबारे राम्रो जानकारी रहेकोले उनलाई गण्डक चौकीका ईन्चार्ज असई जगदीश यादवले आफु सँगै राखी रकम असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।

हुनत, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोबिन्द थपलिया र प्रहरी प्रधान कार्यालयले केही दिन पहिला मधेश प्रदेश भरीकै घुमुवाहरुलाई हटाई सकेको बताईन्छ । तर हालसम्म पर्सा जिल्लाको गण्डक चौकीका घुमुवा सरोज यादव आफ्नो असुली कार्य जारी राख्दा पनि उनी माथि कारवाही नहुँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । प्रहरीको काम शान्ति सुरक्षा र अमन चयन कायम गराउने भए पनि यस्ता केही प्रहरीहरुका कारण पुरै संगठन नै बन्दनाम हुदै गएकोमा प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१