ताजा समाचार

कृषिमन्त्री साहको फेरि अर्को घोटाला, ग्रास कटर मेसिन नेतालाई उपहार

  • साउन २३, २०७६
  • २११२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा । प्रदेश २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भैंसी विवाद पछि एक पल्ट फेरि ग्रास कटर मेसिनको विवादमा उल्झेको छ । केही दिन अगाडि सहिद परिवारको आय उपार्जनको लागि आएको भैंसी आफ्नै पार्टीको नेता कार्यकर्ताहरुलाई बाडेपछि विवादमा तानिएको थियो । पुर्व मन्त्री समेतलाई भैंसी बाडेको ले मन्त्री साहलाई विरोध स्वरुप सिरहामा कालो झण्डा देखाउनुको साथ साथै उनको पुतला समेत जलाईएको थियो । भैंसी विवादको एक महिना न बित्दै पुनः मन्त्री साह पराल काट्ने मेसिन (ग्रास कटर मेसिन ) को विवादमा फसेको छ । सहिद परिवारको लागि छुट्याइएको उक्त मेसिन हुने खाने पार्टीका नेता एवं कार्यकर्तालाई बाडेपछी व्यापक जनगुनासो आउन थालेको हो । स्रोतअनुसार सहिद परिवारको लागि आएको ग्रास कटर मेसिन मन्त्री साहले उपहार दिए जस्तै समाजवादी पार्टीका जिल्ला सद्स्य राम चलितर महतो, क्षेत्रीय उपाध्यक्ष राम उदगार महतो, शिव संकर महतो र प्रा.स कारी यादवलाई दिएको छ ।

जिल्लाबाट नै मन्त्री साहले आफ्नो निकटतम नेता तथा कार्यकर्तालाई सिफारिस गराई राहत दिदै गरेको तथ्य खुलेको छ । जिल्ला भेटेनरी कार्यालयका अधिकृत फुलगेन यादव पनि यो घोटालामा मुछिएको खवर पाए लगत्तै उनीसङ्ग सम्पर्क गर्दा "मलाई यस बारे केही थाहा छैन । म तपाईं सङ्ग भेटेरै कुरा गर्छु भनेर टारेका छन ।"

मन्त्री साह भाषणमा आफुलाई जति स्वच्छ छविका नेता भने पनि वास्तविकता बडो घिनलाग्दो छ भन्ने आरोप लाहानका एक स्थानीय युवा नेता मनोज यादव ( मन्जे) लगाउछन । उनले थप्दै भने कि सहिद परिवारको लागि छुट्याइएको राहत मन्त्री ले आफ्नो आसेपासे लाई दिई ठूलो पापको भागिदार भैइरहेको छ र उनलाई ती शहिदकाआत्माले कहिले माफ गर्ने छैनन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤