कृषिमन्त्री साहको फेरि अर्को घोटाला, ग्रास कटर मेसिन नेतालाई उपहार

  • साउन २३, २०७६
  • १९७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सिरहा । प्रदेश २ को भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भैंसी विवाद पछि एक पल्ट फेरि ग्रास कटर मेसिनको विवादमा उल्झेको छ । केही दिन अगाडि सहिद परिवारको आय उपार्जनको लागि आएको भैंसी आफ्नै पार्टीको नेता कार्यकर्ताहरुलाई बाडेपछि विवादमा तानिएको थियो । पुर्व मन्त्री समेतलाई भैंसी बाडेको ले मन्त्री साहलाई विरोध स्वरुप सिरहामा कालो झण्डा देखाउनुको साथ साथै उनको पुतला समेत जलाईएको थियो । भैंसी विवादको एक महिना न बित्दै पुनः मन्त्री साह पराल काट्ने मेसिन (ग्रास कटर मेसिन ) को विवादमा फसेको छ । सहिद परिवारको लागि छुट्याइएको उक्त मेसिन हुने खाने पार्टीका नेता एवं कार्यकर्तालाई बाडेपछी व्यापक जनगुनासो आउन थालेको हो । स्रोतअनुसार सहिद परिवारको लागि आएको ग्रास कटर मेसिन मन्त्री साहले उपहार दिए जस्तै समाजवादी पार्टीका जिल्ला सद्स्य राम चलितर महतो, क्षेत्रीय उपाध्यक्ष राम उदगार महतो, शिव संकर महतो र प्रा.स कारी यादवलाई दिएको छ ।

जिल्लाबाट नै मन्त्री साहले आफ्नो निकटतम नेता तथा कार्यकर्तालाई सिफारिस गराई राहत दिदै गरेको तथ्य खुलेको छ । जिल्ला भेटेनरी कार्यालयका अधिकृत फुलगेन यादव पनि यो घोटालामा मुछिएको खवर पाए लगत्तै उनीसङ्ग सम्पर्क गर्दा "मलाई यस बारे केही थाहा छैन । म तपाईं सङ्ग भेटेरै कुरा गर्छु भनेर टारेका छन ।"

मन्त्री साह भाषणमा आफुलाई जति स्वच्छ छविका नेता भने पनि वास्तविकता बडो घिनलाग्दो छ भन्ने आरोप लाहानका एक स्थानीय युवा नेता मनोज यादव ( मन्जे) लगाउछन । उनले थप्दै भने कि सहिद परिवारको लागि छुट्याइएको राहत मन्त्री ले आफ्नो आसेपासे लाई दिई ठूलो पापको भागिदार भैइरहेको छ र उनलाई ती शहिदकाआत्माले कहिले माफ गर्ने छैनन ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१