Siraha Times
ताजा समाचार

लहानमा विपन्न परिवारलाई न्यानो राहत

  • पुस २४, २०८२
  • ७०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २४ पुस । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ र ८ का विपन्न परिवारलाई लक्षित गर्दै नगर प्रमुख महेश चौधरीले न्यानो राहतस्वरूप फाइबर सिरक वितरण गर्नुभएको छ। चिसो मौसम बढ्दै गएपछि एकल महिला तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी कुल २६ जना लाभग्राहीलाई फाइबर सिरक प्रदान गरिएको हो।

राहत वितरण कार्यक्रममा नगर प्रमुख चौधरीले चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नगरपालिकाले विपन्न तथा असहाय नागरिकको पीडा बुझ्दै सहयोग गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फाइबर सिरक प्राप्त गरेपछि लक्षित वर्गका विपन्न परिवारले चिसोबाट केही राहत पाएको भन्दै खुशी व्यक्त गरेका छन्। स्थानीय बासिन्दाले नगरपालिकाको यस पहलले जनजीवन सहज बनाउन मद्दत पुगेको प्रतिक्रिया दिएका छन्। नगरपालिकाका अनुसार जाडो मौसमभरि नै आवश्यकता र अवस्था हेरेर अन्य वडाहरूमा समेत न्यानो राहत वितरण कार्यक्रमलाई निरन्तरता

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१