Siraha Times
ताजा समाचार

गोलबजारमा दुई छुट्टाछुट्टै घटनामा खैरो हिरोईनसहित ६ जना पक्राउ

  • पुस २४, २०८२
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव पुष २४। जिल्ला सिरहाको गोलबजार नगरपालिकामा लागुऔषध विरुद्धको कारबाहीका क्रममा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट खैरो हिरोईन जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। पहिलो घटना अनुसार मिति २०८२ साल पौष २२ गते राति करिब ३ बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ६ लक्ष्मी टोलमा सोही स्थान बस्ने अं. वर्ष ३६ का संजिव मोक्तानले आफ्नो घरमा लागुऔषध बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम निजको घर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कालो प्लाष्टिकको पोका बनाउँदै गरेको अवस्थामा संजिव मोक्तानसहित सोही स्थान बस्ने वर्ष १९ का रोशन विश्वकर्मा र वर्ष २८ का बसन्त श्रेष्ठलाई पक्राउ गरिएको हो। बरामद गरिएको पोका खोली जाँच गर्दा ४५ वटा स–साना पोकामा खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थ प्लाष्टिकसहित तौल गर्दा ९ ग्राम १०० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ४ ग्राम ४६० मिलिग्राम रहेको थियो। साथै नगद रू. ५८,००० समेत फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

यसैगरी दोस्रो घटना पौष २१ गते साँझ करिब ८:३० बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ०२ जमनटोकीदेखि गरुधाम जाने बाटोछेउस्थित फुसको टहरामा लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०९ बस्ने वर्ष ३९ का प्रभात देवकोटाले लगाएको ज्याकेटको दाहिने खल्तीभित्र खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थ प्लाष्टिकसहित तौल गर्दा ४ ग्राम ६७० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ३ ग्राम ८०० मिलिग्राम रहेको थियो।

उक्त घटनामा प्रभात देवकोटासहित जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ०८ चियावारी बस्ने वर्ष २४ का नवराज शर्मा र गोलबजार नगरपालिका वडा नं. ०५ CDO टोल बस्ने वर्ष २२ का अभिषेक यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजारमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले कडाइका साथ निगरानी र कारबाही जारी राखेको सूचना अधिकारी रमेश बहादुर पाल (प्रहरी नायव उपरीक्षक)ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

चौतारो संरक्षणका लाग ...

​सिराहा, २५ जेठ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ ठटियास्थित सरे खोलाको किनारमा रहेको ...

अत्यन्तै विपन्न अवस् ...

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक ...

भगवानपुरको विकासका ल ...

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१