Siraha Times
ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिका १ तमासुईयाबाट सशस्त्र प्रहरीले ४१ किलो लागुऔ षध गाजा पक्राउ

  • पुस २४, २०८२
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुष २४। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर गाउँपालिका तमसुईयाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। नवराजपुर गाउँपालिका-१ स्थित तमसुईया गाउँको खेतमा परालको कुनिउमा लुकाई छिपाई राखिएको अबस्थामा ४१ किलो गाजा गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। शनिबार राति करिब ८ बजे विशेष सूचनाको आधारमा डीएसपी नरेश कुमार खड्काको नेतृत्व रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म इनर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक राम अयोध्या महतोको कमाण्डमा गएको ७ जनाको गस्ती टोली खटिएको थियो। खोजी कार्य क्रममा परालको कुनिउमा लुकाइएको २ बोरा (४१ केजी ५०० ग्राम) गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारवाहीका लागि आज इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१