Siraha Times
ताजा समाचार

माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न , ४० प्रतिशत वालवालिका कुपोषित भेटिए

  • साउन २३, २०७६
  • १२४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २३, श्रावण सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नं. ३ र १ को स्वास्थ्य चौकीमा क्षयरोगी कुपोषित बच्चा किशोरी र गर्भवत्ती महिलाहरुमा रक्तअल्पत्ता पत्ता लगाउन माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न भएकोछ । सम्पन्न शिविरमा ७ सय ६५ जना बच्चामा गरीएको कुपोषण परिक्षणमा ४० प्रतिशत वालवालिका कुपोषित भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ प्रसाद साहले जानकारी दिनुभएको छ । भेटीएको कुपोषित बच्चा खासगरी दलित विपन्न परिवारको भएको संयोजक साहले बताए । उहाँका अनुसार दुईटै वडामा ४ सय ६ जना किशोरी र महिलाहरुमा हेमोग्लोबीन जाँच गर्दा करीब ३० प्रतिशत महिलामा रक्तअल्पत्ता भेटीएको जानकारी दिनुभएकोछ । बोदेबरसाईन नगरपालिकाको सहयोगमा संचालित कार्य्रक्रममा बोल्दै नगरपालिकाका नगर प्रमुख आत्तिस कुमार सिंह यादवले अव कुनै पनि बालबालिका कुपोषणका कारण आकालमै ज्यान गुमाउन नपर्ने बताउनु भएकोछ । गर्भमै बच्चालाई कुपोषणबाट जोगाउनका लागी गर्भबत्ती महिलाले स्वास्थ्य स्यहारमा ध्यान दिनुपर्ने उहाँको कथन रहेको थियो । बच्चाहरु , किशोरी र महिलालाई त्यस्तो समस्याबाट मुक्त गर्नका लागी यस्तो शिविरको नगरपालिकाले आयोजना गरिरहेको नगरप्रमुख यादवको कथन रहेको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम यादवले भने यस्ता कार्यक्रमहरु खसगरी दलित ,विपन्न परिबारका लक्षितवर्ग समुदायलाई प्रत्यक्ष फाईदा पुग्ने गरेको कारण नगरपालिकाले चासो राख्ने गरेकोछ । संचालित शिविरमा पोसिलो खाना , स्वास्थ्य पोषण शिक्षा, वाल भिट्टा लगायत विभिन्न किसिमको औषधीहरु निशुल्क रुपमा वितरण गरिएको नगरपालिकाका स्वास्थ्य सह संयोजक अजय कुमार नेपालले बताउनुभयो । उहाँका अनुसार घरदैलो कार्यक्रम समेत संचालन भएको जानकारी दिनुभएकोछ । छुटेका वडाहरुमा भदै १ देखी १० सम्म पुनः शिविर संचालन हुने नगरपालिका श्रोतबाट जानकारी प्रप्त भएकोछ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१