Siraha Times
ताजा समाचार

नेकपा (एमाले) सप्तरीका क. मोहम्मद जियाउल रहमान संघीय निर्वाचनका लागि सिफारिस

  • पुस २२, २०८२
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २२ पुस । नेकपा (एमाले) सप्तरी जिल्ला कमिटी सदस्य क. मोहम्मद जियाउल रहमानलाई सप्तरी क्षेत्र नं. २ बाट हुने आगामी संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले उम्मेदवारका रूपमा सिफारिस गरेको छ। उक्त निर्वाचन २०८२ साल फागुन २१ गते सम्पन्न हुने कार्यतालिका रहेको छ।

पार्टी स्रोतका अनुसार जिल्ला कमिटीको निर्णयअनुसार रहमानलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका रहमानलाई अनुशासित, इमानदार र जनतासँग नजिक नेता रूपमा चिनिँदै आएको एमालेको दाबी छ।

सिफारिसपछि पार्टी पंक्ति, नेता–कार्यकर्ता तथा समर्थकहरूले क. मोहम्मद जियाउल रहमानलाई हार्दिक बधाई दिँदै आगामी निर्वाचनमा विजयी हुने अग्रिम शुभकामना व्यक्त गरेका छन्। समर्थकहरूले उहाँको उम्मेदवारीले सप्तरी क्षेत्र नं. २ मा पार्टीको संगठन थप सुदृढ हुने र विकास तथा सुशासनका एजेन्डा मजबुत रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।

नेकपा (एमाले)ले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क अभियान र चुनावी तयारीलाई तीव्र बनाउँदै लगेको जनाएको छ। यसै सन्दर्भमा रहमानको उम्मेदवारीले क्षेत्रीय स्तरमा पार्टीलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

पार्टीका स्थानीय नेताहरूका अनुसार क. रहमानले निर्वाचनमा जनताको मुद्दा, विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राख्दै सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्। आगामी दिनमा पार्टीको औपचारिक निर्णयपछि उम्मेदवारी अन्तिम रूप पाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१