Siraha Times
ताजा समाचार

लायन्स क्लबहरूको सहकार्यमा लहानमा अति विपन्न मुसहर समुदायलाई सिरक वितरण

  • पुस २२, २०८२
  • ६०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २२ पुस । लायन्स क्लब अफ लहान सिटीको आयोजना तथा Lions International District 325F, Nepal को सहयोगमा लहान नगरपालिका–२ अन्तर्गतका अति गरीब तथा विपन्न मुसहर समुदायलाई लक्षित गरी सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा District Governor लायन केशर बहादुर भण्डारीज्यू तथा डीजी टिमको प्रमुख आतिथ्यता रहेको थियो। साथै लायन्स क्लब अफ लहान फुलबारीका चार्टर प्रेसिडेन्ट लायन राकेश झा, क्लबका निवर्तमान अध्यक्ष लायन शंकर प्रसाद गुप्ता, लायन्स क्लब अफ लहान सिटी तथा लायन्स क्लब अफ लहान सनशाइनका पदाधिकारीहरू लगायत विभिन्न गण्यमान्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै क्रममा, लायन्स क्लब अफ लहान फुलबारीको आयोजना तथा Lions International District 325F, Nepal को सहयोग र सहकार्यमा अर्को सिरक वितरण कार्यक्रम लहान नगरपालिका–३ स्थित पासवान टोलमा पनि सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा पनि District Governor लायन केशर बहादुर भण्डारी, डीजी टिम तथा लायन्स क्लब अफ लहान सिटी र लायन्स क्लब अफ लहान सनशाइनका पदाधिकारीहरूको सामूहिक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै District Governor लायन केशर बहादुर भण्डारीले लायन्स क्लबहरू सधैं मानवीय सेवामा समर्पित रहेको उल्लेख गर्दै जाडो मौसममा न्यानो सामग्री वितरणजस्ता कार्यक्रमले अति विपन्न समुदायको जीवनमा प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

स्थानीय समुदायका बासिन्दाहरूले कठिन जाडोको समयमा न्यानो सिरक प्राप्त हुँदा राहत महसुस भएको भन्दै लायन्स क्लब तथा सहयोगी निकायप्रति आभार व्यक्त गरेका छन्। लायन्स क्लब अफ लहान सिटी, लहान फुलबारी र लहान सनशाइनको संयुक्त पहलमा सम्पन्न यी कार्यक्रमहरूले लहान क्षेत्रका विपन्न समुदायप्रति सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१