Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

  • पुस २०, २०८२
  • ६४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २० पुस। नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय वीरगंज १५ पर्सामा औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौता अनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेज मार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइने छ। सहकार्य अन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी टिकट, जनरल बेड, आईसीयू,एनआईसीयू,पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी तथा आईपीडी फार्मेसी सेवामा विशेष छुट प्रदान गरिने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अंसारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष श्री सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको थियो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।

कार्यक्रममा प्याब्सनको तर्फबाट डा. हरीशंकर साह राज्य नीति तथा योजना आयोग सदस्य, हासिम अंसारी गेम को–अर्डिनेटर साउथ जोन स्कूलको उपस्थिति रहेको थियो भने नेशनल मेडिकल कलेजको तर्फबाट इञ्जिनियर प्रदीप कुमार चौधरी चीफ इन्फर्मेसन अफिसर, तथा जितेश चन्द्र दास मार्केटिङ म्यानेजर सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१