Siraha Times
ताजा समाचार

लहान–१६ मा जंगली हात्तीको आतंक अधिकृत चौधरीसहित अनुगमन

  • पुस २०, २०८२
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुष १९। लहान नगरपालिका–१६ मा जंगली हात्तीले बस्ती पस्दै स्थानीयको घरमा तोडफोड गरेपछि क्षेत्र तनावग्रस्त बनेको छ। शुक्रबार राति बस्ती नजिकै प्रवेश गरेको जंगली हात्तीले एक स्थानीयको घरको पर्खाल र टिनको छाना भत्काउँदै क्षति पुर्‍याएको हो।

हात्तीको गतिविधि थाहा पाएलगत्तै डिभिजन वन कार्यालय सिरहाबाट वन कर्मचारीहरूको टोली घटनास्थलमा खटिएको थियो। टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई बस्तीबाट सुरक्षित रूपमा जंगलतर्फ धपाएको छ। धपाइका क्रममा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

घटनापछि डिभिजन वन कार्यालय सिरहाका वन अधिकृत राधेश्याम चौधरीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा क्षतिको विवरण संकलन गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइने जानकारी दिइएको छ।

वन अधिकृत चौधरीले हात्तीको आवागमन मार्ग (कोरिडोर) नजिक बस्ती फैलिँदा द्वन्द्व बढ्ने जोखिम रहेको बताउँदै स्थानीयलाई रातिको समयमा सतर्क रहन, समूहमा हिँड्न र हात्ती देखिएमा तुरुन्त वन कार्यालयलाई खबर गर्न आग्रह गर्नुभयो। साथै, आवश्यक परे विद्युत् बार, चेतनामूलक कार्यक्रम र गस्ती बढाइने उहाँले बताउनुभयो। स्थानीयवासीले पछिल्लो समय जंगली जनावरको आवतजावत बढ्दै गएको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्। वन कार्यालयले क्षतिको मूल्याङ्कनपछि नियमानुसार प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१