Siraha Times
ताजा समाचार

जन्मदिनको अवसरमा सारडाले साफिलाइ गरे आर्थिक सहयोग

  • पुस १७, २०८२
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुष १६ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै प्रदिप गुप्ता प्यानलबाट सत्यनारायण साफि भाईलाई नगद रू. २५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ। सो सहयोग शिक्षा तथा पारिवारिक सहयोगका लागि प्रदान गरिएको जनाइएको छ।

यसै अवसरमा, विकास सारडाले आफ्नो जन्मदिनको अवसर पारेर सत्यनारायण साफिको पढाइ खर्चका लागि आगामी ५ वर्षसम्म हरेक महिना रू. १० हजार सहयोग गर्ने घोषणा गरेको छ। यस अनुसार पाँच वर्षको अवधिमा कुल रू. ६ लाख बराबरको सहयोग उपलब्ध हुने भएको छ। सहयोग कार्यक्रमका वक्ताहरूले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै, आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ नरोकिने वातावरण बनाउन सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए।

स्थानीय समाजसेवी तथा अभिभावकहरूले प्रदिप गुप्ता प्यानल र विकास सारडाको यस पहललाई प्रशंसनीय भन्दै, यसले अन्यलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा गरिएको यस्तो दीर्घकालीन सहयोगले सत्यनारायण साफिको भविष्य उज्यालो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१