Siraha Times
ताजा समाचार

तिलाठी कोईलाडी गाउँपालिका ‘बालविवाह मुक्त गाउँपालिका’ घोषणा

  • पुस १७, २०८२
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १७  पुस । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ, सुरक्षित र अधिकारमैत्री बनाउने उद्देश्यका साथ तिलाठी कोईलाडी गाउँपालिकालाई बुधवार विशेष समारोहका बीच ‘बालविवाह मुक्त गाउँपालिका’ घोषणा गरिएको छ। घोषणा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ–संस्था, विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक रहेको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

वक्ताहरूले बालबालिकालाई शिक्षामा निरन्तर प्रोत्साहन गर्न, समुदाय स्तरमा सचेतना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न तथा विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रम मार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिबद्धता सार्वजनिक गरिएको थियो। साथै विद्यालय, अभिभावक, महिला समूह तथा युवा समूहहरूले बालविवाह हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने संकल्पसमेत व्यक्त गरेका छन्।

तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर सार्की तथा बाल कल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन दीपक कुमार मण्डलले गर्नुभएको थियो। बालविवाह मुक्त गाउँपालिका घोषणालाई दीगो बनाउँदै आगामी दिनमा व्यवहारिक कार्यान्वयनमा जोड दिइने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१