Siraha Times
ताजा समाचार

स्थानीय सरकार मौन, वन कार्यालय सक्रिय : बरियारपट्टीमा जाडो छल्न दाउरा वितरण

  • पुस १६, २०८२
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मुकेश यादव सिरहा पुष १६ । जनताको जीवन र जाडोको पीडासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी बहन गर्नुपर्ने स्थानीय सरकार मौन बसेको अवस्थामा डिभिजन वन कार्यालय लहानले बरियारपट्टी बजारमा जाडो छल्न दाउरा वितरण गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख सेलेन्द्र मिश्राको सहयोग र रेन्जर अशोक साहको सक्रिय पहलमा गरिएको यो कार्यले स्थानीय सरकारको असक्षमता र गैरजिम्मेवारीपनलाई स्पष्ट रूपमा उजागर गरेको छ।

चिसोले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको बेला स्थानीय सरकारले कुनै ठोस राहत कार्यक्रम नल्याएको अवस्थामा संघीय निकायले हस्तक्षेप गरेर जनताको पीडा कम गर्नुपरेको स्थानीयहरूको गुनासो छ। स्थानीय जितेन्द्र साहले “स्थानीय सरकारले गर्नुपर्ने काम वन कार्यालयले गर्नु परेको छ, सेलेन्द्र सर साँच्चिकै साधुत्र बादका पात्र हुनुहुन्छ,” भन्दै स्थानीय सरकारप्रति आक्रोश व्यक्त गरे। त्यस्तै राधेश्यामले “जाडोले जनता काँपिरहेका छन्, तर स्थानीय सरकार कुर्सीमै निदाइरहेको छ।

स्थानीय सरकारको ध्यानाकर्षण कहिले हुन्छ ?” भन्दै कडा प्रश्न उठाए। स्थानीयवासीहरूका अनुसार जनप्रतिनिधि चुनाव जितेर पदमा पुगे पनि जनताको दैनिकी र पीडाप्रति बेखबर हुनु लोकतन्त्रकै उपहास हो। जनताको करबाट तलब खाने जनप्रतिनिधिहरू संकटको घडीमा नदेखिनु लज्जास्पद भएको उनीहरूको टिप्पणी छ। बरियारपट्टीको यो घटनाले स्थानीय सरकारको प्राथमिकता के हो भन्ने गम्भीर प्रश्न खडा गरेको छ। जनताले अब आश्वासन होइन, तत्काल राहत र जवाफदेहिता चाहेको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१