Siraha Times
ताजा समाचार

लोकप्रिय युवा नेता मिर्जाको नाम समानुपातिक बन्द सुचिमा

  • पुस १५, २०८२
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , पुस १५ कपिलवस्तुका ऊर्जावान, कर्मशील तथा लोकप्रिय युवा नेता मिर्जा राशिद बेग राष्ट्रिय राजनीतिमा थप सशक्त रूपमा उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन, लुम्बिनी प्रदेशमै उनको चर्चा चुलिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीअन्तर्गत मुस्लिम समुदायतर्फ मिर्जा राशिद बेगको नाम परेको हो ।

रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने सौभाग्य प्राप्त नेता बनेका छन्, जसले उनको पार्टीभित्रको विश्वास र जनआधारलाई स्पष्ट संकेत गर्छ । मुस्लिम समुदायतर्फ समानुपातिक सूचीमा पहिलो वरियतामा असिफ शाह र दोस्रो वरियतामा मिर्जा राशिद बेगको नाम परेको छ । त्यस्तै तेस्रोमा समिना मिया र चौथोमा मोहना अन्सारीको नाम सिफारिस गरिएको छ ।

रास्वपा केन्द्रीय समिति तथा लुम्बिनी प्रदेश छनोट समिति संयोजक गणेश पराजुलीका अनुसार घरदैलो अभियान, नीति–कार्यक्रम समेटिएको ब्लुप्रिन्ट प्रस्तुति र भोटिङमार्फत प्राप्त अंकका आधारमा समानुपातिक सूची तयार गरिएको हो । यस प्रक्रियाबाट मिर्जा राशिद बेग उच्च मूल्याङ्कनसहित छनोट हुनु उनको संगठन क्षमता, राजनीतिक स्पष्टता र जनसम्पर्कको बलियो आधारको प्रमाण मानिएको छ ।

छोटो समयमै पार्टी संगठन सुदृढीकरण, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान र समावेशी राजनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका मिर्जा राशिद बेगलाई कपिलवस्तुका भविष्यका राष्ट्रिय नेता का रूपमा हेरिन थालिएको छ । उनको नाम बन्द सूचीमा परेपछि स्थानीय स्तरमा समर्थक तथा शुभेच्छुकहरूमा उत्साह बढेको छ भने कपिलवस्तुले केन्द्रमा बलियो प्रतिनिधित्व पाउने अपेक्षा समेत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१