ताजा समाचार

युवा नेता दुबेले गरे द रोयल कटेजको समुद्धाटन

  • पुस १३, २०८२
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ। फेटा गाउँपालिकाका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य, युवा नेता उमेश दुबेले फिता काटेर उक्त कटेजको औपचारिक समुद्घाटन गर्नुभएको हो।

समुद्घाटन समारोहमा स्थानीय समाजसेवी, राजनीतिक व्यक्तित्व, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै युवा नेता दुबेले स्थानीय स्तरमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक कुरा भएको बताउँदै यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता लगानीले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने उल्लेख गर्नुभयो।

कटेज सञ्चालक पक्षले आधुनिक सुविधा, शान्त वातावरण र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘द रोयल कटेज’ सञ्चालनमा ल्याइएको जानकारी दिएको छ। स्थानीय ग्राहकसँगै बाह्य पाहुनालाई समेत लक्षित गरी सेवा प्रदान गरिने सञ्चालकको भनाइ छ। समारोहको अन्त्यमा उपस्थित अतिथिहरूले कटेजको अवलोकन गर्दै सफल सञ्चालनको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

पालिकामै पुग्न थाल्य ...

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन् ...

खडक नगरपालिकाको कल्य ...

ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आ ...

पत्रकारलाई धम्की दिन ...

वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤