Siraha Times
ताजा समाचार

मापदण्ड विपरीत रासायनिक विषादी प्रयोगले जल–जंगल र जलवायुमा नकारात्मक असर

  • पुस ९, २०८२
  • ६२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली विविधिकरणसम्बन्धी गाउँपालिकास्तरीय कार्यशाला सिरहा जिल्लाको नरहा गाउँपालिकामा २०८२ साल पुस ७ गते सम्पन्न भएको छ। कार्यशालामा मापदण्ड विपरीत रासायनिक विषादीको अत्यधिक प्रयोगले जल, जंगल, जीवजन्तु तथा समग्र जलवायु प्रणालीमा गम्भीर नकारात्मक असर परिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सहभागी वक्ताहरूले रासायनिक विषादीको अव्यवस्थित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्यमा समेत दीर्घकालीन जोखिम बढ्दै गएको उल्लेख गरे। कार्यशालामा सुक्खा प्रतिरोधी कृषि प्रणाली विकासका लागि बाली विविधिकरण अपरिहार्य रहेको र खडेरीको पूर्वतयारीका रूपमा किसानहरूलाई कृषि मौसमी सल्लाह बुलेटिन नियमित रूपमा उपलब्ध गराउनु पर्ने निष्कर्ष निकालिएको छ। साथै जैविक खेती प्रवर्द्धन, सुरक्षित विषादी प्रयोग र जलवायु अनुकूल कृषि अभ्यास अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ।

कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालले CARE Nepal सँगको सहकार्यमा आयोजना गरेको हो। सो सहकार्यअन्तर्गत मधेश प्रदेशको रौतहट जिल्लाको परोहा नगरपालिका तथा सिरहा जिल्लाको नरहा गाउँपालिकामा जलवायु अनुकूलन तथा सुक्खा प्रतिरोधी प्रणाली विकासका लागि ‘दृष्टि परियोजना’ सञ्चालनमा रहेको जनाइएको छ। त्यसैगरी सिरहा र सप्तरी जिल्लामा संरक्षण, पोषण, जलवायु मैत्री गाउँ, कृषक पाठशाला तथा प्रणाली संयोजनसम्बन्धी विभिन्न गतिविधिहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन्। कार्यक्रमले किसान, स्थानीय तह र सरोकारवालाबीच जलवायु परिवर्तनका चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१