Siraha Times
ताजा समाचार

क्यान्सर पीडित दासलाई सिरहा सेवा समाज, कतारद्वारा आर्थिक सहयोग

  • पुस ९, २०८२
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ८ का क्यान्सर पीडित रामवृक्ष दासलाई उपचार सहयोग स्वरूप रु. २० हजार १०५ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम सिरहा सेवा समाज संस्थाका अध्यक्ष जयप्रकाश यादवले कतारमा रहेको नेपाली कामदारसंग १ – २ रुपैया संकलन गरि पीडित दासलाई जी स स प्रमुख दिनेश महतो तथा वडा अध्यक्ष राम भरोश महतोको रोहवरमा निजकै निवास पुगी हिजो पुष ८ गते हस्तान्तरण गर्दै संस्थाको तर्फबाट उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको सिरहा सेवा समाज संस्थाका अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।

क्यान्सर जस्तो गम्भीर रोगबाट पीडित रामवृक्ष दास केही महिनादेखि उपचारका क्रममा रहेका छन्। लामो समयदेखि उपचार गराइरहेका कारण उनको आर्थिक अवस्था अत्यन्तै कमजोर बन्दै गएको थियो। परिवारको आयस्रोत सीमित हुनुका साथै उपचार खर्च बढ्दै गएपछि उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेका थिए। पीडितको यही अवस्थालाई मध्यनजर गर्दै कतारमा रहेका सिरहा सेवा समाज, कतारले उक्त सहयोग रकम संकलन गरी आर्थिक सहायता प्रदान गरेको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रम पिडित दासकै निवासमा सम्पन्न गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो, सिरहा सेवा समाज, कतारका सल्लाहकार तथा समाजसेवी शिवकुमार महतो, पत्रकार शियाराम यादव, संस्थाका सदस्य अर्जुन यादव, बालेश्वर यादव, साथै धनगढीमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामभरोस महतो लगायतको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिका गरिब, असहाय तथा रोगपीडित नागरिकहरूको सेवामा सिरहा सेवा समाज, कतारले पुर्या उँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले प्रवासमा बसेका नेपालीहरूले सामाजिक उत्तरदायित्वको बोध गर्दै यस्ता मानवीय कामलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए। साथै उनले पीडितलाई धैर्य राख्दै उपचारलाई निरन्तरता दिन आग्रह गरे।

संस्थाका अध्यक्ष जयप्रकाश यादवले सिरहा सेवा समाज, कतार प्रवासमा रहेका सिरहालीहरूको साझा संस्था भएको उल्लेख गर्दै सामाजिक सेवा नै संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले भविष्यमा पनि सिरहा जिल्लाभित्र रहेका गरिब, असहाय, रोगपीडित तथा विपन्न नागरिकहरूका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

सहयोग रकम प्राप्त गरेपछि क्यान्सर पीडित रामवृक्ष दासले आफ्नो उपचारका लागि सहयोग पुर्याबउने सिरहा सेवा समाज, कतार तथा सम्पूर्ण सहयोगीहरूप्रति भावुक हुँदै आभार व्यक्त गरे। उनले यस्तो सहयोगले आफूलाई थप हौसला मिलेको र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस किसिमका मानवीय तथा सामाजिक कार्यहरूले समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना बलियो बनाउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१