Siraha Times
ताजा समाचार

आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवमा नेशनल मेडिकल कलेजसँग स्वास्थ्य सहयोग सम्झौता

  • पुस ६, २०८२
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ। यस अवसरमा आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिएको थियो। सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक र विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो।

सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक घटना, आपत्कालीन स्वास्थ्य सेवा र क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ। साथै ओपीडी, डे-केयर, सामान्य बेड, आईसीयू एनआईसीयू पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स-रे,भिडियो एक्स-रे, सीटी स्क्यान , एमआरआई, फार्मेसी तथा डेन्टल प्रक्रियामा छुट प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि छुट विशेष रूपमा लागू हुनेछ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जाहान अंसारी,सि.आई.ओ. इञ्जि. प्रदीप कुमार चौधरी,मार्केटिङ म्यानेजर जितेश चन्द्र दास उपस्थिती थिए भने आशा किरण केन्द्रबाट सुनिल गुप्ता संस्थापक एवं अध्यक्ष उपस्थित हुनु भएको थियो। कार्यक्रममा अन्य प्रमुख व्यक्तित्वहरू पनि उपस्थित थिए, जसमध्ये सशस्त्र प्रहरी पर्सा १३ नम्बर गण एस पी पूर्णचन्द भट्ट , उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम, बिरगञ्जका संस्थापक श्री देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता र मुख्य अतिथि डा. बसन्त पन्त अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष रहेका थिए।

सम्झौता एक वर्षको लागि लागू हुनेछ र आवश्यक्ता अनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिनेछ। यस कार्यक्रममा स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। सम्झौताको पक्षमा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१