ताजा समाचार

तरकारी खेतीमै मनग्ये आम्दानी : कृषकहरु लभाम्बित

  • साउन २०, २०७६
  • १०१९ पटक पढिएको
  • महेश सिंह
alt

महेश सिंह महतो श्रावण २० ,सिरहा । लटरम्म फलेको घिरौला , भिन्डी , करैला जस्ता तरकारी लहलहाउँदो छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोग सवल नेपालको आयोजनामा समुउन्नती परियोजना अन्तर्गत राधाकृष्ण कृषक समुह स्रुङ्गा नगरपालिका वडा नं. ७ चकदहका लक्षित वर्ग समुदायका महिलाहरु व्यबसायीक तरकारी खेतिमा जुटेका छन । यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । समुहकी १८ जना सदस्यले डेढ बिग्हा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारीक जीवनस्तरमा सुधार भएको समुहकी अध्यक्ष राजबत्ती देबी कामैत बताउँछिन् । ‘समुहका किसानहरु करिब डेढ बिग्हा खेती गर्दा मासिक रुपमा एक जना किसानले २० हजार सम्म आम्दानी गर्ने गरेको उनि बताउँछिन । दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी समुहकी सचिब सचिन कुमारी चौधरी भन्छिन् यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताउनुभयो । लहान , कदमाहा, कुशहा , लगायतका नजिकको बजार रहेका करणले बजारीकरणको खासै समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरी बताउनुहुन्छ । समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी , गैरसरकारी सहयोग पनि पाउन थालेको समुहकी सदस्य जनकी चौधरीले जानकारी दिनुभयो । संस्थाबाट समय समयमा बीउबिजन, उपकरण, सिँचाइसुविधा लगायत प्राविधिक सहयोग भएको छ’, उहाँले भन्नुभयो । तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनिहरुको कथन रहेको छ । यसैबिच कार्यक्रमको स्थलगत अनुगमन गर्ने क्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुत्तिनाथ चौधरीले भने समुहलाई आगाडी बढाउन नगरपालिका सदैब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सामुहिक रुपले गरेको तरकारी खेतीबाट लक्षित बर्ग परिबारको जिबनस्तरमा सुधार भएकोले आफु धेरै खुसी भएको प्रमुख चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤